मुख्य समाचार
एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ
एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ

— अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका १०३ जना प्रतिवादीलाई पर्सा प्रहरीले एक महिनामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले गत असोज महिनामा सञ्चालन गरेको फैसला कार्यान्वयन अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकअनुसार, पक्राउ परेका प्रतिवादीको हकमा कुल ४० वर्ष ११ महिना १२ दिन कैद सजाय र २ करोड ७१ लाख ७९ हजार १२ हजार ४ सय ४२ रुपैया जरिवाना कार्यान्वयन गर्नुपर्ने देखिएको छ । प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्राथमिकता दिँदै फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियान सञ्चालन गरेको जनाएको छ ।

अदालतबाट फैसला भए पनि कैद सजाय भुक्तान नगरेका र जरिवाना नतिरेका प्रतिवादी लामो समयसम्म फरार रहँदा न्यायिक प्रक्रिया पूर्ण रूपमा कार्यान्वयन हुन नसक्ने भएकाले उनीहरूलाई पक्राउ गरी कानुनी प्रक्रियामा ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रतिवादीको हकमा अदालतको फैसला र कानुनी व्यवस्थाअनुसार कैद तथा जरिवाना असुलउपर गर्ने प्रक्रिया अघि बढाइनेछ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले फरार प्रतिवादीको खोजी तथा पक्राउलाई प्राथमिकतामा राखेको बताए । अदालतबाट दोषी ठहर भएका व्यक्तिले सजाय भुक्तान नगरी उन्मुक्ति पाउने अवस्था अन्त्य गर्न फैसला कार्यान्वयन अभियान महत्त्वपूर्ण हुने प्रहरीको भनाइ छ ।

प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गराउने कार्यलाई निरन्तरता दिने जनाएको छ । कैद सजाय र जरिवानासम्बन्धी फैसला कार्यान्वयनले न्यायिक निर्णयको प्रभावकारिता बढाउनुका साथै कानुनको शासन कायम गर्न सहयोग पुग्ने डीएसपी मल्ल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नुवाकोटको विदुर नगरपालिका–४, बट्टार बजारमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका छन्। मृतक युवकका आफन्त तथा सर्वसाधारणले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै मङ्गलबार सडकमार्ग अवरुद्ध बनाएका हुन्। सोमबार बट्टारबजार संगमचोकस्थित भित्री सडकखण्डमा युनाइटेड आधारभूत विद्यालयनजिकै विद्युतीय गाडी र स्कुटर ठोक्किँदा स्कुटर चालक सोही ठाउँका ४४ वर्षीय नवराज ...
— वर्षौंदेखि विस्तार हुन नसकेर अलपत्र रुपन्देहीको मर्चवारस्थित मुख्य सडकलाई चार लेनमा निर्माण गरिने भएको छ । संघीय पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उक्त सडकको अवलोकन गर्दै छिट्टै चार लेनमा विस्तार गरिने प्रतिबद्धता जनाएका हुन् । रुपन्देहीको पिछडिएको मर्चवारको स्थलगत अनुगमनका क्रममा उनले मुख्य सडक विस्तारसँगै ग्रामीण सडक निर्माण र स्तरीय अस्पताल स्थापनाका लागि बजेट व्यवस्थापन गर्ने ...
— पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरुले यसवर्ष पर्यटकीय अनुकूल याम नसकिंदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ । मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजहरुले पोखरा—जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन् । जोमसोमस्थित नागरिक उड्ययन कार्यालयका ...
: मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–१०, बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामाको सोमबार दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ...
: झापाको बाह्रदशी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का एक वृद्ध घाइते भएका छन्। जङ्गली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता बजारकी ७० वर्षीया लजमा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बिहान करिब ५:४० बजे राजगढ–घेराबारी सडक खण्डअन्तर्गत जनता चोकको दक्षिणतर्फ हात्तीको आक्रमणबाट खातुन गम्भीर घाइते भएकी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम