: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा परेवा ठोक्किएको छ। स्तानबुलबाट आज बिहान काठमाडौं आएको TK726 फ्लाइट नम्बर रहेको जहाज अवतरण गर्ने क्रममा परेवा ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले स्रोतले जनाएको छ।
स्रोतले भन्यो, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान साढे ६ बजेतिर स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा परेवा ठोक्किएको हो। त्यहाँ परेवा मृत फेला परेको छ। सीसाका केही टुक्रासमेत भेटियो।’
विमानमा परेवा ठोक्किएपछि विमानस्थलमा उडान र अवतरण केही समय प्रभावित भएको छ। स्रोतले भन्यो, ‘सिसाका केही टुक्राहरू भेटिएपछि केही समय विमानस्थलमा अवतरण र अवतरण बन्द गरिएको थियो, अन्य कुनै क्षति भएको छैन। अहिले सुचारु भइसकेको छ।’