मुख्य समाचार
इलन मस्कले आफ्ना दुई प्रमुख कम्पनी टेस्ला र स्पेसएक्सलाई गाभ्ने तयारी
इलन मस्कले आफ्ना दुई प्रमुख कम्पनी टेस्ला र स्पेसएक्सलाई गाभ्ने तयारी

। अमेरिकी अर्बपति इलन मस्कले आफ्ना दुई प्रमुख कम्पनी टेस्ला र स्पेसएक्सलाई गाभ्ने तयारी गरेका छन् । त्यसका लागि दुवै कम्पनीमा विशेष समिति गठन गरिएको छ ।

मंगलबार स्पेसएक्सको त्रैमासिक व्यावसायिक नतिजाबारे वित्तीय विश्लेषकहरूसँग भएको छलफलका क्रममा मस्कले टेस्ला र स्पेसएक्सबीचको सम्भावित एकीकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
यद्यपि, उनले कम्पनी गाभ्ने निर्णय भइसकेको अर्थमा बुझ्न नहुने स्पष्ट पारे ।

उनका अनुसार यस्तो सम्झौता अघि बढाउन दुवै कम्पनीका सेयरधनीको समर्थन आवश्यक पर्नेछ । दुवै कम्पनीमा गठन गरिएका विशेष समितिले अहिलेसम्म एकीकरणको सर्तबारे सहमति जुटाइनसकेको र सम्झौता हुने निश्चितता पनि नरहेको उनले बताए ।

‘के मलाई यी दुई कम्पनी गाभ्नु राम्रो विचार हो जस्तो लाग्छ ? हो,’ मस्कले भने, ‘दुवै कम्पनी गाभ्नुमा पर्याप्त सम्भावना र फाइदा छन् भन्ने मलाई लाग्छ ।’

संयुक्त कम्पनीको मूल्य ३५ खर्ब डलर पुग्ने

टेस्लाको बजार मूल्य करिब १.५ ट्रिलियन डलर र स्पेसएक्सको मूल्य करिब २ ट्रिलियन डलर रहेको बताइएको छ । यी दुई कम्पनी गाभिएमा संयुक्त कम्पनीको मूल्य करिब ३.५ ट्रिलियन डलर पुग्नेछ । यस्तो एकीकरण विश्वकै ठूला कर्पोरेट मर्जरमध्ये एक बन्न सक्नेछ ।

सम्भावित एकीकरणसम्बन्धी समाचार सार्वजनिक भएपछि कारोबारपछिको समयमा स्पेसएक्सको सेयर मूल्य ८ प्रतिशतले बढेको थियो । यसैबीच, टेस्लाको सेयर मूल्य पनि २ प्रतिशतले उकालो लागेको थियो ।

टेस्लाले बुधबार आफ्नो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

चिप्स, एआई र अन्तरिक्ष प्रविधिमा सहकार्य

रकेट निर्माण र स्टारलिंकमार्फत स्याटेलाइट इन्टरनेट सेवा प्रदान गर्दै आएको स्पेसएक्स पछिल्लो समय क्लाउड कम्प्युटिङ सेवामा पनि विस्तार भइरहेको छ । कम्पनीले एन्थ्रोपिक र गुगलजस्ता प्रविधि कम्पनीलाई कम्प्युटिङ क्षमता उपलब्ध गराउन थालेको छ ।

स्पेसएक्सको पछिल्लो त्रैमासिक नतिजाअनुसार क्लाउड कम्प्युटिङ व्यवसायबाट ७ अर्ब ५० करोड डलर आम्दानी भएको छ भने स्टारलिंकले ५ अर्ब २० करोड डलर आम्दानी गरेको छ । तर, कम्पनीले चालु वर्षमा हालसम्म १ अर्ब १० करोड डलर घाटा बेहोरेको विवरणमा उल्लेख छ ।

मस्कका अनुसार टेस्ला र स्पेसएक्सबीच एकीकरण भएमा चिप निर्माण, कृत्रिम बुद्धिमत्ता (एआई), सफ्टवेयर र अन्य प्रविधिसम्बन्धी कामलाई थप प्रभावकारी बनाउन सकिनेछ ।

हालै टेस्ला र स्पेसएक्सले संयुक्त रूपमा चिप निर्माण गर्ने उद्देश्यसहित ‘टेराफ्याब’ परियोजना अघि बढाएका छन् । यसले मस्क आफ्ना विभिन्न कम्पनीबीच सहकार्य विस्तार गर्न चाहिरहेको संकेत गरेको छ ।

मस्कले आफ्ना कम्पनीलाई एउटै संरचनामा ल्याउँदै

पछिल्लो एक वर्षमा मस्कले आफ्ना विभिन्न व्यवसायलाई कम संख्याका कर्पोरेट संरचनाभित्र समेट्ने प्रयास गर्दै आएका छन् ।

यसअघि सार्वजनिक सेयर निष्कासन गर्नुअघि स्पेसएक्सले मस्ककै स्वामित्वमा रहेका कृत्रिम बुद्धिमत्तासम्बन्धी कम्पनी एक्सएआई र सामाजिक सञ्जाल एक्सलाई अधिग्रहण गरेको थियो ।

एक्स यसअघि ट्विटरका नामले चिनिन्थ्यो ।

टेस्ला र स्पेसएक्सलाई गाभ्ने प्रस्ताव अघि बढेमा मस्कका विद्युतीय सवारीसाधन, अन्तरिक्ष प्रविधि, स्याटेलाइट इन्टरनेट, चिप निर्माण र एआईसम्बन्धी व्यवसायबीच थप संस्थागत एकीकरण हुनेछ ।

तर, दुवै कम्पनीका विशेष समितिबीच सम्झौताका सर्तमा सहमति भइनसकेको र सेयरधनीको समर्थन आवश्यक रहेकाले सम्भावित मर्जरको अन्तिम स्वरूप र समयसीमा भने अझै स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इटालीमा हिंसात्मक प्रदर्शन गर्नेहरूले अब ५ वर्षसम्म जेल सजाय र करिब २१ लाख रुपैयाँ सम्म जरिवाना भर्नुपर्ने भएको छ। प्रधानमन्त्री जोर्जिया मेलोनीको सरकारले मंगलबार मिलान सहरका पसलहरूमा भएको लुटपाट र आगजनीपछि सुरक्षासम्बन्धी नयाँ नियमहरू स्वीकृत गरेको हो। नयाँ नियमअनुसार नाबालिगहरूले गरेको तोडफोड तथा क्षतिपूर्ति उनीहरूका अभिभावकले भर्नुपर्नेछ। साथै, १४ वर्षभन्दा माथिका बालबालिकामाथि मुद्दा चलाउने प्रक्रियालाई ...
: फ्रान्सको लिमोज सहरस्थित १९औँ शताब्दीमा निर्मित ऐतिहासिक सिटी हलमा आगजनी गर्ने एक जना पक्राउ परेका छन्। फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पक्राउ परेका व्यक्ति वामपन्थी अतिवादी आन्दोलनसँग सम्बन्धित रहेको आशंका गरिएको छ। शनिबार आन्दोलनका क्रममा भएको आगलागीमा सिटी हलको घडी टावर र छानाका केही भागमा भीषण क्षति पुगेको थियो। आगोका कारण भवनको माथिल्लो संरचना जलेर भत्किएको थियो। फ्रान्स ...
: केन्यामा भोकै बसेर ‘येशूलाई भेट्न’ भन्दै आफ्ना अनुयायीलाई उपवास बस्न लगाएको एक धार्मिक सम्प्रदायका नेता पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर भएका छन् । मृतकमध्ये १९० जना बालबालिका रहेको अभियोजन पक्षले जनाएको छ। बिबिसिमा उल्लेख भए अनुसार म्याकेन्जीले सन् २००३ मा ‘गुड न्युज इन्टरनेशनल मिनिस्ट्रीज’ नामक चर्च स्थापना गरेका थिए । उनले १६ वर्षसम्म ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने दाबी गरेका छन्। उनले फ्रान्समा जारी हिंसाका लागि राष्ट्रपति इमानुएल म्याक्रोंको अध्यागमन नीतिलाई जिम्मेवार ठहराएका छन्। ट्रम्प लामो समयदेखि अध्यागमनमा कडाइ गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका छन्। ट्रम्पले करिब ८ वर्षअघि नै आफूले म्याक्रोंलाई अन्य देशबाट आउने मानिसहरूलाई ठूलो सङ्ख्यामा फ्रान्समा प्रवेश दिनु गल्ती भएको भन्दै ...
: फ्रान्समा विगत केही दिनदेखि भएका दंगा र लुटपाटपछि पेरिसका केही भागहरूसहित धेरै शहरहरूमा रात्रिकालीन कर्फ्यू लगाइएको छ। पेरिस प्रहरीका अनुसार विगत केही दिनदेखि प्रदर्शनकारीहरू भेला भएका प्लेस डे ला रिपब्लिक र एल'अल्युड किनमेल क्षेत्रहरूमा स्थानीय समय अनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागू हुनेछ। शहरको केन्द्रका अन्य धेरै भागहरूमा पनि अनधिकृत भेलाहरूमा प्रतिबन्ध ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम