मुख्य समाचार
म्यानचेस्टर सिटीले एईके एथेन्सलाई ५–१ गोलले पराजित
म्यानचेस्टर सिटीले एईके एथेन्सलाई ५–१ गोलले पराजित

। फिल फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको लिग चरणको खेलमा एईके एथेन्सलाई ५–१ गोलले पराजित गरेको छ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। १२औं मिनेटमा इलियट एन्डरसनले गोल गर्दै सिटीलाई अग्रता दिलाए। ३४औं मिनेटमा फोडेनले रिको लुइसको पासमा गोल गरेपछि सिटी २–० ले अघि रह्यो।

दोस्रो हाफको सुरुआतमै एइके एथेन्सले खेलमा फर्कने संकेत देखायो। ५२औं मिनेटमा स्टाभ्रोस पिलियोसले गोल गर्दै अन्तर घटाए। तर सिटीले त्यसको पाँच मिनेटपछि नै अग्रता बढायो। ५७औं मिनेटमा फोडेनको पासमा रायन चेर्कीले गोल गरे।

फोडेनले ६५औं मिनेटमा लुइसकै पासमा व्यक्तिगत दोस्रो गोल गरे। त्यसपछि ७६औं मिनेटमा नजिकबाट गोल गर्दै उनले ह्याट्रिक पूरा गरे। उनको उत्कृष्ट प्रदर्शनसँगै सिटीले ५–१ को फराकिलो जित निकालेको हो।

गत साता पेरिस सेन्ट जर्मेनसँग घरेलु मैदानमा ४–२ ले पराजित भएको सिटीले यस जितसँगै च्याम्पियन्स लिगमा पुनरागमन गरेको छ।

जितपछि सिटी ३ खेलबाट ६ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । एथेन्स भने ३ अंकसहित २७औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको लिग चरणको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बार्सिलोनामाथि जित हासिल गरेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा फ्रेन्च क्लब पीएसजीले स्पेनिस च्याम्पियनमाथि ४-२ को जित हासिल गरेको हो । पीएसजीले पहिलो हाफमा एक गोल गरेको थियो। ३८औं मिनेटमा डिजायर डुएले जोआओ नेभेसको पासमा गोल गर्दै टोलीलाई ...
। युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै भिल्लारियललाई ४–३ गोलले पराजित गरेको छ। मंगलबार राति एनफिल्डमा भएको खेलमा भिल्लारियलले सुरुआती २९ मिनेटमै दुई गोलको अग्रता बनाएको थियो। चौथो मिनेटमा जर्जेस मिकाउताद्जेले गोल गर्दै पाहुना टोलीलाई अघि बढाए। २९औं मिनेटमा सर्जी कार्डोनाले गोल गरेपछि भिल्लारियल २–० ले अघि रह्यो। लिभरपुलले ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डीआरएस प्रविधि प्रयोगमा ल्याइने भएको छ । कात्तिक ९ गतेदेखि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको प्रतियोगितामा डीआरएस प्रविधि प्रयोग गरिने एनपीएलले जनाएको छ। एनपीएलले हिमालयको महान् उत्सव र खेलकुद प्रविधिको यो संगमले नेपाली क्रिकेटको भविष्य र गुणस्तरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएको छ। डीआरएस ...
। पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले ३० दिन निलम्बन गरेको छ। महासंघले उनलाई २५५ युरो जरिवाना पनि गरेको छ। ४१ वर्षीय रोनाल्डोले गत महिना युइएफए नेसन्स लिगका लागि पोर्चुगलको टोलीमा रहँदा प्रशिक्षकसँगको विवादपछि शिविर छाडेका थिए। नर्वेविरुद्धको खेलमा उनी बेन्चमै बसेका थिए। त्यसपछि अक्टोबर १ मा डेनमार्कविरुद्ध हुने खेलमा पनि ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यसपटक एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काले यसअघि एनपीएलमा पहिलोपटक डीआरएस ल्याउने पहल भइरहेको बताएका थिए । दुई कम्पनीसँग प्रविधिको परीक्षण सम्पन्न भइसकेको र अब त्यसको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम