मुख्य समाचार
बडादशैंअन्तर्गत टीकाको दोस्रो दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने क्रम जारी
बडादशैंअन्तर्गत टीकाको दोस्रो दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने क्रम जारी

: बडादशैंअन्तर्गत टीकाको दोस्रो दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने क्रम जारी छ। आश्विन शुक्लपक्ष पापांकुशा एकादशीका दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो।

कतिपयले भने एकादशीको ब्रत लिएकाले भोलिमात्र टीका लगाउने गर्छन्। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ। विशेषगरी ससुराली, माइत, मावल वा मान्यजन टाढाटाढा हुने आफन्त आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन्।

आजबाट दशैं मनाएर काठमाडौं उपत्यका भित्रिने यात्रु र बाहिरिने सवारीसाधनको संख्यामा समेत बिहानैबाट बढेको छ। घटस्थापनादेखि अष्टमीसम्म दशैं मनाउन घर गएका यात्रु दशैंको टीका लगाएर उपत्यका भित्रने गर्छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल फिंगर गेमिंग जोन क्यासिनोबाट मंगलबार राति प्रहरीले ५ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा क्यनसिनोमा जुवा खेल्न गएका चार जना नेपाली ग्राहक र एक जना क्यासिनोका कर्मचारी रहेकम छन्। जिल्ला प्रहरी ...
: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मधेस प्रदेश कमिटी सदस्य प्रभाकर गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा घर भएका गुप्ता नेकपा परित्याग गरी रास्वपाको सदस्यता लिएर रास्वपामा प्रवेश गरेका हुन् ।दुई दशकभन्दा लामो समयदेखि पुष्पकमल दाहाल नेतृत्वको कम्युनिष्ट पार्टीमा रहेर सक्रिय राजनीति गर्दै आएका गुप्ताले ...
। पाटन दरबार संग्रहालयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन गरिएको छ । विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दशैंमा दुई पटक मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्परा छ । नाच प्रदर्शन गर्न थेच्वस्थित देवता घरबाट मू द्यः (मुख्य देवता), मुकुन्डो, कलेवर पोसाक, गरगहना खर्पनमा बोकेर देवगणहरूले बुधबार मंगलबजार पुर्याएका थिए । नेवार समुदायको प्राचीन तथा पवित्र सांस्कृतिक परम्परामध्ये ...
। इन्टरनेटका अधिकांश वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द भएका छन् । साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई PHP को सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरु अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका थिए । बुधबार दिउँसो ती कमजोरी ...
: केन्द्रीय कारागार नुवाकोटका कैदीबन्दीहरूले सामूहिक रूपमा बडादसैँको टीका र जमरा लगाएका छन्। उनीहरूले एकआपसमा खुसीयाली साटासाट गर्दै सामूहिक रूपमा दसैँको टीका र जमरा लगाएका हुन्। विदुर नगरपालिका–६, चण्डीपोखरीस्थित खम्पाक्याम्पमा रहेको नुवाकोट कारागारमा बन्दी जीवन बिताइरहेका थुनुवा तथा कैदीबन्दीहरूले हर्षोल्लासका साथ दसैँ मनाएको कारागार प्रशासनले जनाएको छ। कारागारमा ७ सय ३३ जना कैदीबन्दीहरू रहेको जेलर भेषबहादुर कुँवरले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम