मुख्य समाचार
मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा २ जापानी नागरिक बेपत्ता
मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा २ जापानी नागरिक बेपत्ता

: मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा २ जापानी नागरिक बेपत्ता भएका छन्। मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा जापानको टोकियो निवासी २ जना पर्वतारोही बेपत्ता भएका हुन्।

बेपत्ता हुनेहरूमा हिदे सुके टेनिसी र तेचु हासिमुदो रहेका छन्। बेपत्ता दुबैजना पुरुष हुन्।

काठमाडौंस्थित कस्मो एडभेन्चरबाट नेपाली गाइडसहित भदौ २७ गते उनीहरु गंगापूर्ण हिमाल आरोहण गर्न गएका थिए। उनीहरूले असोज २४ गतेबाट आरोहण सुरु गरेका थिए। सँगै गएका गाइडले असोज २९ गतेदेखि उनीहरू बेपत्ता भएको खबर काठमाडौंस्थित कम्पनीलाई जानकारी गराएपछि घटना बाहिर आएको हो।

उक्त हिमालको उचाई ७४५५ मिटर रहेको छ। आरोहीहरु ७ हजार ५० मिटरबाट सम्पर्कविहीन भएका हुन्। बेपत्ता भएपछि हेलिकोप्टरबाट उनीहरुको खोजी गरिएको थियो। खोजीका क्रममा उनीहरूले प्रयोग गर्ने झोला र लौरो फेला परेको छ। तर उनीहरू भने फेला परेका छैनन्। प्रहरीले बेपत्ता भएका जापानीजका परिवारलाई समेत खबर गरिएको बताएको छ।

जिल्ला प्रहरी कार्यालय मनाङकी प्रमुख कोपिला चुडालले सम्पर्कविहीन भएका जापानी आरोहीको खोजी कार्य गरेपनि अहिलेसम्म केही पत्ता नलागेको बताइन्। उनले अन्नपूर्णसँग भनिन्,‘हेलिकोप्टरबाट समेत खोजी गर्‍यौं। तर अहिलेसम्म बेपत्ता भएकाहरूलाई भेटाएका छैनौं।’

अहिले नेपालस्थित जापानी राजदूतावास, कस्मो कम्पनी र प्रहरी खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् । विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत् चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा ...
। जापानको बेरोजगारी दर अगस्टमा बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा २.४ प्रतिशत रहेको बेरोजगारी दर पाँच महिनापछि पहिलोपटक बढेको जापान सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार ...
। जापानले बिहीबारदेखि लागू हुने गरी भिसा नवीकरण र स्थायी बसोबास (पीआर) जारी गर्ने शुल्कमा भारी वृद्धि गर्ने भएको छ। जापानको अध्यागमन सेवा एजेन्सीले तोकेको यो नयाँ शुल्क गत मे महिनामा पारित भएको अध्यागमन नियन्त्रण ऐनको संशोधनमा व्यवस्था गरिएको थियो । भिसा नवीकरण र बसोबासको हैसियत परिवर्तनका लागि लाग्ने शुल्क अब प्रदान गरिएको बसोबासको अवधिका आधारमा तय ...
— जापानको राजधानी टोकियोमा लगातार ३४ दिनसम्म वर्षा भएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जीएमए)का अनुसार १८८६ मा रेकर्ड राख्न सुरु गरिएयता यति लामो अवधिसम्म निरन्तर वर्षा भएको यो पहिलोपटक हो । जीएमएका अधिकारी काजुहिरो हिरोनोका अनुसार यसअघि सन् २०१९ को जुन २७ देखि जुलाई २९ सम्म लगातार ३३ दिनसम्म वर्षा भएको थियो । ...
। जापानका ११ वर्षीय युकी कुरिहाराले २०औं एसियन गेम्सअन्तर्गत ईस्पोर्ट्समा स्वर्ण पदक जित्दै इतिहास रचेका छन् । उनी एसियन गेम्स इतिहासमा स्वर्ण जित्ने जापानका सबैभन्दा कान्छा खेलाडी बनेका छन् । आइची–नागोयामा शनिबार सम्पन्न ‘पुयो पुयो च्याम्पियन्स’ को फाइनलमा कुरिहाराले दक्षिण कोरियाका २४ वर्षीय काङ दोङसिनलाई १०–२ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । सेमिफाइनलमा उनले थाइल्यान्डका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम