मुख्य समाचार
फ्रान्सका विभिन्न सहरमा भएका दंगाका दृश्य विश्वभर फैलिएपछि देशको महत्त्वपूर्ण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता
फ्रान्सका विभिन्न सहरमा भएका दंगाका दृश्य विश्वभर फैलिएपछि देशको महत्त्वपूर्ण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता

— फ्रान्सका विभिन्न सहरमा भएका दंगाका दृश्य विश्वभर फैलिएपछि देशको महत्त्वपूर्ण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ । हिंसा दोहोरिएमा पर्यटकको आगमन र पर्यटन आम्दानीमा थप गिरावट आउन सक्ने पर्यटन व्यवसायीहरूले चेतावनी दिएका छन् ।

फ्रान्सको पर्यटन संस्थाहरूको छाता सङ्गठन ‘एडिएन टुरिजम’की प्रमुख क्रिस्टेल कासाग्नेले निस, पेरिस र लियोनजस्ता प्रमुख सहरमा देखिएको हिंसालाई विनाशकारी बताउनुभयो । उहाँका अनुसार, पर्यटकहरू होटलमा बसेर रमाइलो गर्न आउँछन्, हिंसाका कारण होटलभित्रै सीमित हुन होइन ।

प्रहरीसँगको झडप, सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र सडकमा हिंसात्मक गतिविधिका दृश्यले अन्तरराष्ट्रिय सञ्चारमाध्यममा व्यापक स्थान पाएका छन् । यसले सामाजिक सञ्जालमा फ्रान्सको आकर्षक पर्यटन छविलाई समेत प्रभावित गरेको छ । कतिपय पर्यटकले पेरिस सुरक्षित छ कि छैन भन्ने प्रश्न उठाएका छन् भने केहीले यात्रा रद्द गर्ने वा स्थगित गर्ने सोच बनाएका छन् ।

परामर्श तथा अनुसन्धान संस्था ‘प्रोटुरिजम’का प्रमुख डिडियर अरिनोका अनुसार, पेरिस, लियोन र मार्सेमा होटल बुकिङ रद्द हुने क्रम बढ्न थालेको छ । उनका अनुसार, पेरिसको केन्द्रमा भएको एक दिनको दंगापछि होटल बुकिङ रद्द हुने दरमा करिब एक प्रतिशतले वृद्धि भएको छ । यद्यपि, सन् २०२६ का लागि अनुमान गरिएको चार करोड २० लाख होटल तुलनामा यो तत्काल ठूलो गिरावट होइन । तर, हिंसा बारम्बार दोहोरिएमा प्रभाव गम्भीर हुन सक्ने उनले बताए ।

फ्रान्सले वार्षिक करिब १० करोड पर्यटकलाई स्वागत गर्दै पर्यटनबाट ७० अर्ब युरोभन्दा बढी आम्दानी गर्छ । विशेषगरी लामो दूरीबाट आउने पर्यटकले बढी खर्च गर्ने भएकाले उनीहरूको संख्या घट्दा पर्यटन राजस्वमा समेत असर पर्न सक्छ ।

संयुक्त राज्य अमेरिका, चीन र जर्मनीलगायतका देशले आफ्ना नागरिकका लागि यात्रा सल्लाह जारी गरेपछि बुकिङमा थप दबाब परेको छ । ट्राभल एजेन्सी समूह ‘सेलेक्टुर’का कार्यकारी प्रमुख लरेन्ट एबिटबोलका अनुसार, हिंसा दुई सातामै नियन्त्रणमा आए ठूलो क्षति नहुन सक्छ । तर, महिनौँसम्म जारी रहे पर्यटन क्षेत्रका लागि विनाशकारी हुन सक्छ ।

होटलसम्बन्धी तथ्यांक विश्लेषण गर्ने संस्था ‘एमकेजी कन्सल्टिङ’का अनुसार, पेरिसका होटलले आगामी छ साताका लागि सम्भावित बुकिङ गुमाएका छन् । अक्टोबर १९ र २० बीच गरिएको विश्लेषणमा अक्टोबर २० देखि २९ सम्मको बसाइका लागि बुकिङको अनुपात अघिल्लो वर्षको तुलनामा रहेको अग्रता एक प्रतिशत बिन्दुबाट घटेर शून्य दशमलव दुई प्रतिशत बिन्दुमा झरेको थियो । अक्टोबर २० देखि २५ सम्मको बसाइमा पनि यस्तो अग्रता तीन दशमलव पाँच बाट घटेर एक दशमलव नौ प्रतिशत बिन्दुमा पुगेको थियो ।

संस्थाका अनुसार, निकट भविष्यका बसाइ र महँगा होटलमा यसको प्रभाव बढी देखिएको छ । पर्यटन व्यवसायीहरूका अनुसार, आगामी हप्तामा हिंसाको अवस्था कस्तो रहन्छ भन्ने कुराले फ्रान्सको पर्यटन क्षेत्रको भविष्य निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले बिहीबार फारसको खाडीमा एक जहाजबाट अर्को जहाजमा तेल ओसारपसार गरिरहेका चारवटा जहाजमा आक्रमण गरेको जनाएको छ। इरानले अस्वीकार गरेको स्ट्रेट अफ हर्मुजको मार्ग प्रयोग गरेपछि ती जहाजहरूलाई निशाना बनाइएको थियो। यस रणनीतिक जलमार्गमा इरानी नियन्त्रण र आक्रमणबाट बच्नका लागि व्यापारिक जहाजहरूले एक जहाजबाट अर्को जहाजमा कार्गो ओसारपसार गर्ने कार्य बढाएका ...
। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो देशमा भएको हिंसात्मक विरोध प्रदर्शनबारे विदेशी नेताहरूले गरेका टिप्पणीलाई अस्वीकार्य र मूर्खतापूर्ण बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका टिप्पणीहरू र अरू कैयौं नेताहरूले फ्रान्समा भएको हिंसाका लागि कथित रूपमा आप्रवासीहरूलाई जिम्मेवार ठहराएका थिए। ट्रम्पको रिपब्लिकन पार्टीले दुई सातापछि मध्यावधि निर्वाचनको सामना गर्दैछ। यसैबीच, अमेरिकी राष्ट्रपतिले शनिबारदेखि फ्रान्समा भड्किएको हिंसा र लुटपाटको ...
। रुसले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र युक्रेनसँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले प्रस्तुत गरेको शान्ति प्रस्तावमा पर्याप्त सार नभएको भन्दै मस्कोले युद्ध अन्त्यको सम्भावनाप्रति आशंका व्यक्त गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी विशेष दूत विटकफबीच बुधबार रुसको ...
। साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । साउदी अरबको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले बुधबार जारी गरेको विज्ञप्तिअनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । सबै घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्राधिकरणले जनाएको छ । यसअघि बुधबार नै साउदी अरबको हवाई ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो दोस्रो कार्यकालमा हालसम्म ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ। सङ्घीय सरकारले तीव्र बनाएको अध्यागमन सम्बन्धी कडा नीतिका बीच विदेश मन्त्रालयले मंगलबार यसको जानकारी दिएको हो। सार्वजनिक गरिएको तथ्यांकले पछिल्ला हप्ताहरूमा भिसा रद्द गर्ने क्रम थप तीव्र बनेको देखाउँछ। यसअघि गत साउन २५ ९अगस्ट १०० मा मन्त्रालयले सन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम