— मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा भएको अटो दुर्घटनामा घाइते दम्पतीमध्ये एकको मृत्यु भएको छ ।
बुधबार दिउँसो बकैया–५ स्थित मदन भण्डारी लोकमार्गमा भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा प्र ०८–००१ ह ०१०५ नम्बरको अटोको बेक्र फेल भएर दुर्घटना भएको थियो । दुर्घटनामा बकैया–५, भनौरका ४५ वर्षीय सन्तबहादुर माझी, उनकी ४० वर्षीय श्रीमती शान्तिमाया माझी र मकवानपुरगढी गाउापालिका–१ बस्ने ८ वर्षीय सन्देशकुमार मुक्तान घाइते भएका थिए ।
घाइतेहरुलाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल पठाइएको थियो । सामान्य उपचारपश्चात् थप उपचारका लागि घाइते दम्पतीलाई भरतपुर रिफर गरिएको थियो तर भरतपुर अस्पताल नपुग्दै बाटोमै सन्तबहादुरको स्वास्थ्य अवस्था बिग्रिएकाले हेटौंडा अस्पतालमा ल्याइएको थियो । अस्पतालमा जाँच गर्दा डाक्टरले उनलाई मृत घोषणा गरे ।
मृत्तककी श्रीमती शान्तिमायाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते सन्देश मुक्तान सहकारी अस्पतालमा उपचार भइरहेको छ । अटो चालक बकैया –४ बस्ने ५१ वर्षीय राम काजी माझी जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन् ।