मुख्य समाचार
पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण कर्णाली ‘याक्स’बाट खेल्ने
पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण कर्णाली ‘याक्स’बाट खेल्ने

— पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण कर्णाली ‘याक्स’बाट खेल्ने भएका छन् । कर्णालीले ३० वर्षीय तलतलाई आज विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको हो ।

'पाकिस्तानका अलराउन्डर हुसेन तलत अब आधिकारिक रूपमा कर्णाली याक्सका सदस्य बनेका छन्,' कर्णालीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ ।

हुसेनले पाकिस्तानको राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । उनले १२ एकदिवसीय खेलमा २२४ रन तथा २३ टी–२० अन्तर्राष्ट्रिय खेलमा ४४१ रन जोडेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको नाममा सात विकेट पनि छ ।

घरेलु तथा विभिन्न ‘फ्रेन्चाइज’ प्रतियोगितामा नियमित खेल्दै आएका तलतसँग टी–२० क्रिकेटमा राम्रो अनुभव छ । अलराउन्डर तलतले अहिलेसम्म २०४ खेलबाट तीन हजार ९५० रन बनाएका छन् ।

हुसेनले पाकिस्तान सुपर लिग (पीएसएल), बङ्लादेश प्रिमियर लिग (बीपीएल) लगायत प्रतिष्ठित व्यावसायिक लिग खेलिसकेका छन् । अब उनी नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि जोडिँदै छन् ।

एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्। ३९ वर्षीय म्याथ्युज दायाँहाते ब्याटर तथा दायाँहाते मध्यम गतिका बलर हुन्। उनले श्रीलंकाका लागि तीनै प्रारूपमा कप्तानी गरेका थिए। म्याथ्युजले सन् २०२५ मा टेस्ट क्रिकेटबाट संन्यास लिए। म्याथ्युजले श्रीलंकाका लागि २२६ एकदिवसीय र ९० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीय ...
। सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन गर्ने जनाएको छ। प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले ...
। पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। ३० वर्षीय तलत बायाँहाते ब्याटर तथा दायाँहाते मध्यम गतिका बलर हुन्। उनले पाकिस्तानका लागि १२ एकदिवसीय र २३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीय क्रिकेटमा उनले २२४ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा ४४१ रन जोडेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनले ...
। यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा इटालियन क्लब कोमोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ४–१ गोलले हराएको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा कोमोले पहिलो हाफमा १–० को अग्रता लिएको थियो। निको पाजले दोस्रो मिनेटमै गोल गर्दै कोमोलाई अघि बढाएका थिए। दोस्रो हाफमा कोमोले थप तीन गोल गर्‍यो। टासोस डुभिकासले ४९औं मिनेटमा गोल गरे भने पाजले ...
। यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब आर्सनलबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ। आर्सनलका एबेरेची एजेले २५औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। बायर्नका अल्फोन्सो डेभिसले ३५औं मिनेटमा बराबरी गोल गरे। ह्यारी केनले ६१औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई खेलमा अगाडि ल्याए। तर, आर्सनलका डेक्लान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम