मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निजी भ्रमणका लागि भारत प्रस्थान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निजी भ्रमणका लागि भारत प्रस्थान

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निजी भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी पत्नी निकिता पौडेलसहित आज बिहान काठमाडौंबाट हवाईजहाजमार्फत धनगढी प्रस्थान गरेका हुन्। उनीहरू धनगढी हुँदै भारततर्फ लाग्ने कार्यक्रम छ।

तीन दिने आध्यात्मिक भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाआजा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ। तीन दिने धार्मिक तथा पारिवारिक भ्रमण पूरा गरेर रवि लामिछाने स्वदेश फर्किने छन्।

लामिछानेको सचिवालयले यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। बिहीबार बिहान १० बजेको एयर इन्डियाको नियमित उडानबाट वाग्ले नयाँदिल्ली पुगेका हुन्। दुई सदस्यीय भ्रमण दलमा उनी र उनका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्। अर्थमन्त्री डा. वाग्लेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षामा भारतका लागि नेपाली कार्यवाहक राजदूत ...
— दसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट ३ हजार ५८५ जना नागरिक लाभान्वित भएका छन् । दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका निःशुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको छ । नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क ...
— मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा भएको अटो दुर्घटनामा घाइते दम्पतीमध्ये एकको मृत्यु भएको छ । बुधबार दिउँसो बकैया–५ स्थित मदन भण्डारी लोकमार्गमा भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा प्र ०८–००१ ह ०१०५ नम्बरको अटोको बेक्र फेल भएर दुर्घटना भएको थियो । दुर्घटनामा बकैया–५, भनौरका ४५ वर्षीय सन्तबहादुर माझी, उनकी ४० वर्षीय श्रीमती शान्तिमाया माझी र मकवानपुरगढी गाउापालिका–१ ...
: लुक्लामा लेक लागेर एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ। घुम्न गएका उनी बुधबार साँझ एक होटलको कोठामा अचेत अवस्थामा फेला परेका थिए। खान खान बोलाउन उनी सुतेको कोठामा जाँदा अचेत भेटिएका प्रहरीले जनाएको छ । लगत्तै उनलाई स्थानीय अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई केही बेरमा नै मृत घोषित गरेको थियो । उनी ६० ...
: काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्‍घन गर्ने ११५ सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ६ बजेसम्मको विवरणअनुसार २४ घण्टाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कारबाही गरिएको हो। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९ जना,सीसीटीभीबाट पहिचान भएका, ५ जना र रातो बत्ती उल्लङ्‍घन गर्ने ४ जना ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम