मुख्य समाचार
अमेरिकी अधिकारीहरूले बन्द कोठामा जेलेन्स्कीलाई हप्काएपछि
अमेरिकी अधिकारीहरूले बन्द कोठामा जेलेन्स्कीलाई हप्काएपछि

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरूको आलोचना गर्छन्, तर कसैले उनलाई जवाफ फर्काए भने उनी रिसाउँछन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि एकपटक यस्तै अवस्थाको सामना गर्नुपरेको छ।

न्युयोर्क टाइम्समा प्रकाशित एक सामग्रीका अनुसार, नर्वेको राजधानी ओस्लोमा मङ्गलबार बन्द कोठामा एक बैठक भएको थियो। यस क्रममा ट्रम्पका प्रतिनिधिहरू स्टिभ विटकफ (पश्चिम एसियाका लागि विशेष दूत) र ट्रम्पका ज्वाइँ जेरेड कुस्नरले जेलेन्स्कीलाई हप्काएका थिए।

दुवैले जेलेन्स्कीलाई उनका भनाइहरूका कारण अमेरिकी राष्ट्रपति रुष्ट भएको बताएपछि जेलेन्स्कीले स्पष्टीकरण दिँदै आफूले त्यस्तो कहिल्यै नभनेको बताएका थिए।

यस महिना रुसबाट डिजेल खरिद गर्ने अमेरिकी निर्णय, रुसमाथिका केही प्रतिबन्धहरू खुकुलो पार्ने र युक्रेनलाई दिइने अमेरिकी सहायता सीमित गर्नेजस्ता मुद्दाहरूमा ट्रम्प र जेलेन्स्कीबीच पटक-पटक सवालजवाफ भएको छ।

ट्रम्पलाई हत्तपत्त जवाफ लगाउँदैनन् विश्वनेताहरू

ट्रम्पको आक्रामक रवैयाका कारण धेरै देशका नेताहरू उनीसँग भिड्नबाट जोगिन्छन्। जवाफ फर्काउँदा ट्रम्प रिसाउन सक्ने वा आफ्नो देशमा नयाँ ट्यारिफ लगाउन सक्ने डर उनीहरूमा हुन्छ।

ट्रम्प अन्य देशका नेताहरूबाट सम्मान र नरमीको अपेक्षा गर्छन्, तर आफू भने त्यस्तो गर्दैनन्। अपवादमा ती नेताहरू पर्छन्, जसले उनको कुरा मान्छन् वा जससँग ट्रम्प राम्रो सम्बन्ध बनाउन चाहन्छन्।

यिनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाका नेता किम जोङ उन जस्ता नेताहरू पर्छन्।

ट्रम्पको दोस्रो कार्यकालमा धेरै नेताहरूले अमेरिकी राष्ट्रपतिको आलोचनाको जवाफ दिने वा मौन बस्ने भन्ने निर्णय गर्नुपरेको छ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको दबाबसामु झुक्नुको सट्टा जवाफी कदम चाले। उनले अमेरिकाको ट्यारिफबराबर नै क्यानेडियन ट्यारिफ लगाए।

जेलेन्स्कीको अवस्था भने फरक छ। क्यानडाजस्तो युक्रेनसँग अमेरिकाबाट टाढा रहने त्यति धेरै ठाउँ छैन। रुसी आक्रमणको सामना गर्न उसलाई अमेरिकी हतियार, जासुसी जानकारी र अन्य सहायताको आवश्यकता छ। यही कारणले गर्दा जेलेन्स्कीलाई आफ्ना कुरा राख्ने र अमेरिकालाई रुष्ट नबनाउने बिचमा सन्तुलन कायम गर्नुपर्ने बाध्यता छ।

नर्वे र फिनल्यान्डका नेताहरू पनि बैठकमा उपस्थित

ओस्लोमा भएको बैठकको उद्देश्य ट्रम्प र जेलेन्स्कीबीचको हालैको तनावलाई कम गर्नु थियो। विटकफ रुस जानुअघि नर्वेको राजधानीमा रोकिएका थिए। बिरामी भएका कारण कुस्नर उनीसँग आएनन्, तर भिडियो कलमार्फत कुराकानीमा सहभागी भएका थिए।

रुसप्रति ट्रम्पको बढ्दो झुकावलाई लिएर अमेरिकामा हुने मध्यावधि निर्वाचनसँग त यसको कुनै सम्बन्ध छैन भन्ने चर्चा भइरहेको छ। तर कुराकानीको जानकारी राख्ने व्यक्तिका अनुसार, विटकफ र कुस्नरले जेलेन्स्कीलाई रुसप्रतिको अमेरिकी नीतिको आन्तरिक राजनीतिसँग कुनै सम्बन्ध नरहेको कुरा लामो समयसम्म जोड दिएर सम्झाएका थिए।

यस बैठकमा जेलेन्स्कीसँगै उनका दुई समर्थक पनि उपस्थित थिए- नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोर र फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टब। दुवैले युक्रेनको चर्को समर्थन गर्छन्।

युरोपका अन्य नेताहरू जस्तै उनीहरू पनि ट्रम्पको रुसप्रतिको झुकावसँग सहमत छैनन्। यद्यपि, उनीहरू पनि ट्रम्पलाई अनावश्यक रूपमा रुष्ट बनाउनबाट भने जोगिन चाहन्छन्।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरबको रक्षाका लागि बेलायत सरकारले रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ । हुथी विद्रोहीहरूले मिसाइल र ड्रोन आक्रमणहरू बढाएपछि यो कदम चालिएको हो । यो रक्षात्मक अभियानको मुख्य उद्देश्य ईरान समर्थित हुथी समूहका हवाई आक्रमणहरूबाट साउदी अरबका शहरहरू र पूर्वाधारहरूको सुरक्षा गर्नु हो । प्रधानमन्त्री एन्डी बर्नहमले यो सैन्य ...
: जर्मनीका चान्सलर फ्रेडरिक मर्जले देशमा रुसी गुप्तचर सेवाको जासुसी गतिविधि तीव्र रहेको बताएका छन् । रुसका लागि जासुसी गरेको आशङ्कामा एक युक्रेनी नागरिक पक्राउ परेपछि उनले यस्तो चेतावनी दिएका हुन् । जर्मन अधिकारीहरूका अनुसार वादिम वाई नामले चिनाइएका ती व्यक्तिमाथि जर्मनीको सैन्य क्षेत्रसँग सम्बन्धित गोप्य सूचना सङ्कलन गरेको आरोप छ । उनले सन् २०२५ को ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बीबीसीविरुद्ध दायर मानहानिसम्बन्धी मुद्दामा आगामी डिसेम्बर ११ भित्र शपथ लिएर बयान दिन अदालतले आदेश दिएको छ । अमेरिकाको एक अदालतले ट्रम्पलाई बीबीसीको वृत्तचित्रमा आफ्नो भाषण सम्पादन गरिएको विषयमा दायर मुद्दाको अनुसन्धान प्रक्रियाअन्तर्गत बयान दिन आदेश दिएको हो । सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटलमा भएको दङ्गाअघि ट्रम्पले दिएको ...
: दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बिहीबार राति स्थानीय समय अनुसार १०:३३ बजे उक्त भूकम्प गएको हो। भूगर्भविद्हरूका अनुसार भूकम्पको गहिराइ १० किलोमिटर मात्र रहेकाले यसको धक्का निकै कडा महसुस गरिएको ...
: बेलायत सरकारले साउदी अरबको सुरक्षाका लागि रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ। यमनको हुथी समूहका तर्फबाट भइरहेका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणहरूको प्रतिकार गर्न साउदी अरबको रक्षाका लागि बेलायतले यो कदम चालेको बीबीसीले उल्लेख गरेकाे छ। प्रधानमन्त्री एन्डी बर्नहामद्वारा स्वीकृत यो रक्षात्मक मिसनले इरान समर्थित समूहका हवाई आक्रमणहरूबाट साउदी सहरहरू र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम