मुख्य समाचार
‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २ करोड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय
‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २ करोड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय

। जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २ करोड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

भोटेकोशी र त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराउन लागिएको हो ।

बाढीका कारण १ हजार ५ सय जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने ५ हजारभन्दा बढी अझै बेपत्ता छन् । करिब १५ हजारभन्दा बढी परिवारका ६० हजारभन्दा धेरै सर्वसाधारण प्रत्यक्ष प्रभावित छन् ।

बाढीबाट भएको प्रारम्भिक आर्थिक क्षति करिब २ अर्ब ७० कराेड डलर (४ खर्ब ७ अर्ब ७० कराेड रुपैयाँ) बराबर छ भने पुनर्निर्माणका लागि करिब ४ अर्ब ७० कराेड डलर (७ खर्ब ९ अर्ब ७० कराेड रुपैयाँ) बराबर लाग्ने अनुमान छ ।

बाढी प्रभावित क्षेत्रमा द्रुत गतिमा सहयोग पुर्याउन गत अगस्ट ३१ (१५ भदौ) मा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषिमन्त्री गीता चौधरीले कोषको बोर्डसमक्ष विशेष अनुरोध गरेका थिए ।

उक्त अनुरोधका आधारमा विकासशील र विकसित राष्ट्रहरू, अतिकम विकसित राष्ट्रहरू, साना टापु विकासशील राष्ट्रहरू, एसिया-प्रशान्त, अफ्रिकी, ल्याटिन अमेरिका तथा पश्चिमा राष्ट्र समूहका बोर्ड सदस्यहरूबीच विभिन्न चरणमा औपचारिक र अनौपचारिक छलफल भएको थियो ।

अक्टोबर २२ (५ कात्तिक) मा बसेको बोर्डको विशेष बैठकले नेपाललाई सहायता दिने निर्णयलाई अन्तिम रूप दिएको कृषि मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले जानकारी दिए ।

नेपालका तर्फबाट सहसचिव एवं कृषि मन्त्रालयका प्रवक्ता डा. ढकालले समन्वय तथा सहजकर्ताका रूपमा भूमिका निर्वाह गरेका थिए ।

कोषबाट रकम परिचालन गर्न बार्बाडोस कार्यान्वयन ढाँचा प्रक्रिया अन्तर्गत नेपालले प्रस्ताव तयार गरी कोषसमक्ष पेस गर्ने छ ।

यसैबीच हानि-नोक्सानी कोषको ११औं बोर्ड बैठक २०२७ मार्च १७ देखि १९ सम्म काठमाडौंमा आयोजना हुने मन्त्रालयले जनाएको छ।

जलवायु वित्तको इतिहासमा नयाँ अध्याय सुरुवात

हानि-नोक्सानी कोषबाट नेपाललाई २ करोड डलर (३ अर्ब २ करोड रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णयसँगै नेपालको जलवायु वित्तको क्षेत्रमा नयाँ अध्याय सुरुवात भएको नेपालका राष्ट्रिय सम्पर्क अधिकृत तथा कोषका वैकल्पिक बोर्ड सदस्य समेत रहेका डा. ढकालले बताए ।

‘नेपालको जलवायु वित्तको इतिहासमा योभन्दा उत्तम र ऐतिहासिक निर्णय अरू हुन सक्दैन,’ उनले भने, ‘यो निर्णय नेपालका लागि जति महत्त्वपूर्ण छ, त्योभन्दा बढी हानि-नोक्सानी कोषको आफ्नै इतिहासमा नयाँ अध्यायको सुरुवात गर्न सफल भएको छ ।’

उनले भोटेकोशी तथा त्रिशूली नदी बाढीका कारण उत्पन्न गम्भीर मानवीय र आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदायले उच्च प्राथमिकता साथ सम्बोधन गरेकोमा खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र रौतहटका उखु किसानलाई अनुदान बापत १० करोड ४३ लाख रुपैयाँ भुक्तानीका लागि निकासा गरेको छ । गत आर्थिक वर्षको उखु उत्पादनमा आधारित अनुदान बापत पाउनुपर्ने उक्त रकम मन्त्रालयले सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा निकासा गरेको हो । मन्त्रालयका अनुसार उक्त रकम बर्दिया र रौतहटका ४ ...
। अर्थ मन्त्रालयले भोटेकोशी बाढीले राजस्व संकलन प्रभावित हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक अर्थ बुलेटिन सार्वजनिक गर्दै अर्थले खर्चको दायित्व बढ्ने, नाका बन्द हुने र कर छुट लगायत प्रावधानले चालु आव २०८३/८४ मा स्रोतमा थप चाप पर्ने बताएको हो । मन्त्रालयले भोटेकोशी बाढीपछिको राहत तथा पुनर्निर्माण बजेटको एक तिहाइभन्दा बढी हुने ...
। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यस्तै गत आव २०८२/८३ (सन् २०२७) मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित भएको प्रक्षेपण पनि आईएमएफले गरेको छ । आईएमएफले मंगलबार सार्वजनिक गरेको उसको फ्ल्यागसिप प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ (डब्लूईओ) को अक्टोबर संस्करणले यस्तो प्रक्षेपण गरेको ...
: सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा करिब ६७ करोड रुपैयाँको धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँ रकमबराबरको धान खरिद गर्ने भएको हो। धानको न्यूनतम समर्थन मूल्यमा १५ हजार टन धान खरिद गर्ने योजना बनाएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम