मुख्य समाचार
स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

। स्याङ्जाको बिरुवा गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

बिरुवा गाउँपालिका–२ की ३९ वर्षीया रेवती गुरुङले चलाएको स्कुटर सडकबाट करिब ५० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार शुक्रबार दिउँसो बिरुवा गाउँपालिका–३ ठाँटीस्थित राङखोला–बिरुवा सडकखण्डमा दुर्घटना भएको हो

स्कुटर चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अवस्थीले बताए ।

स्कुटरको पछाडि सवार रेवतीकी १६ वर्षीया छोरी गुञ्जन गुरुङ भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी अवस्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग नेपाल–भारत सम्बन्ध र क्षेत्रीय चासोका विषयमा प्रत्यक्ष संवाद गरेका छन् । ‘अ वर्ल्ड बिट्विन अर्डर्स’ सम्मेलनमा बोल्दै उनले नेपालका पछिल्ला विपद्हरूमा भारतले गरेको सहयोगको खुलेर प्रशंसा गरेका छन् । अर्थ मन्त्रालयका अनुसार, अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तनका कारण रसुवा र ...
। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले लाङटाङ र मनास्लु क्षेत्रको पदयात्रासम्बन्धी नयाँ सुरक्षा सूचना (ट्रेकिङ सेफ्टी एड्भाइजरी) जारी गरेको छ। मनास्लु–लार्केपास पदमार्ग पुन: खुला भए पनि पर्यटकलाई सावधानीपूर्वक अघि बढ्न टानले आग्रह गरेको छ। टानले बुधबार जारी गरेको सूचनाअनुसार लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि पूर्ण रूपमा सुरक्षित र खुला रहेका छन्। त्यस्तै, बाढीले ...
। सर्वोच्च अदालतले नोटबन्दीमा परेका नगदले कानुुनी मान्यता नपाउने भन्दै त्यस्तो नोट बरामद भएकै आधारमा कसुर स्थापित नहुने व्याख्या गरेको छ । भारतमा नोटबन्दी भइसकेका रकम नेपालमा बरामद भएको घटनामा सर्वोच्च अदालतले आरोपितहरूमाथि विदेशी विनिमयको कारोबारको कसुर स्थापित हुन नसक्ने फैसला गरेको हो । सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको आदेश उल्ट्याउँदै बरामद भएको रकममात्रै जफत हुने ...
। नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमी कमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने बताएका छन् । काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले गगन थापाको नेतृत्वलाई १५औँ महाधिवेशनबाट पुन: अनुमोदन गरिएको भन्दै अब विगतका कमीकमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने बताए । कांग्रेसले अहिले सडक आन्दोलनभन्दा पनि सरकारका कामकारबाहीमाथि ...
। १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा एक जना पक्राउ परेका छन् । भिमाद नगरपालिका–४ सारडाँडा बस्ने २१ वर्षीय संजय रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । रानाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम