मुख्य समाचार
विगतका कमी कमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने
विगतका कमी कमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने

। नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमी कमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने बताएका छन् ।

काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले गगन थापाको नेतृत्वलाई १५औँ महाधिवेशनबाट पुन: अनुमोदन गरिएको भन्दै अब विगतका कमीकमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने बताए ।

कांग्रेसले अहिले सडक आन्दोलनभन्दा पनि सरकारका कामकारबाहीमाथि निरन्तर खबरदारी गर्ने र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बाटो समातेको उनले बताए ।

जनतालाई अनावश्यक आन्दोलनको नाममा दु:ख नदिई, स्थानीय र प्रदेश निर्वाचनलाई केन्द्रित गरेर जनताका बीचमा जाने योजना रहेको उनले बताए ।

शिवाकोटीले सरकारले जनतासामू गरेका बाचा र प्रतिबद्धताहरू पूरा गराउन निरन्तर ६ महिनासम्म जनताको घरदैलोमा जाने कार्यक्रम तय गरिएको समेत बताए ।

राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका आदर्शहरूलाई आत्मसात गर्दै यसै कार्यक्रमलाई पार्टीको केन्द्रीय समिति र कार्यकर्तामार्फत मतदाताहरूसम्म पुर्‍याउने लक्ष्य राखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा युवा पुस्ताको असन्तुष्टि र जेनजी आन्दोलनलाई अराजकतामा जान नदिई लोकतान्त्रिक विधिबाटै व्यवस्थापन गरिएको बताएका छन् । भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै उनले सडकको विद्रोहलाई शान्तिपूर्ण चुनावमार्फत सत्ताको नेतृत्वमा पुर्‍याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सफल भएको दाबी गरेका हुन् । ‘सडकको विद्रोहदेखि सत्तासम्म’ शीर्षकको सत्रमा अर्थमन्त्री वाग्लेले ...
। तीन दिने भारत भ्रमणमा निस्किएका रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका थिए । धनगढी विमानस्थलबाट उनी कञ्चनपुर हुँदै सडकमार्गबाट गड्डाचौकी नाका पुगेका थिए । त्यहाँबाट उनी भारततर्फ लागेका छन् । सो क्रममा उनले ...
। लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी हिमपातपछिको दुई सातामा ४३ जना सार्क राष्ट्र र ७२९ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ । समुद्री सतहको पाँच हजार ४१६ मिटरको उचाइमा अवस्थित ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युगको अन्त्य भएको बताएका छन्। भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नयाँ पुस्ताको आकांक्षा आर्थिक समृद्धि र सुशासन रहेको स्पष्ट पार्दै नेपालको परराष्ट्र नीति सकारात्मक दिशामा अघि बढेको बताएका हुन्। विगतमा दशकौंसम्म निश्चित वैचारिक प्रशिक्षणका कारण नेपाली राष्ट्रवादलाई भारत-विरोधसँग जोडेर हेर्ने भाष्य ...
। अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय अनुभव अग्रवाल छन् । अग्रवाललाई कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम