मुख्य समाचार
यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु
यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु

। यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको नयाँ अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित थियो । यो सन् २०२२ को गर्मीयाममा भएको २९ हजार ४८० मृत्युको तुलनामा ७१ प्रतिशत बढी हो । अध्ययनमा युरोपको करिब ४० प्रतिशत जनसङ्ख्या मात्रै समेटिएकाले वास्तविक मृत्युसङ्ख्या अझ बढी हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बार्न्सका अनुसार जीवाश्म इन्धन जलाउँदा बढेको तापक्रमले सामान्यत: असहज हुने गर्मीलाई खतरनाक र ज्यानै लिन सक्ने अवस्थामा पुर्‍याएको छ । युरोपको तापक्रम औद्योगिक युगअघिको तुलनामा २.५ डिग्री सेल्सियस बढिसकेको छ । यस गर्मीयाममा केही सहरको तापक्रम सामान्यभन्दा १२ डिग्री सेल्सियससम्म बढी पुगेको थियो ।

गर्मीका कारण सबैभन्दा बढी मृत्यु इटाली, फ्रान्स, स्पेन र जर्मनीमा भएको थियो । मृतकमध्ये आधाभन्दा बढी ८५ वर्ष वा सोभन्दा बढी उमेरका थिए । तर, २० देखि ४४ वर्ष उमेर समूहका ८०० भन्दा बढी व्यक्तिको पनि गर्मीका कारण मृत्यु भएको अध्ययनका सहलेखक ग्यारीफलोस कोन्स्टान्टिनोडिसले बताएका छन् ।

अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तन नभएको अवस्थाको कम्प्युटर नमूनालाई वास्तविक तापक्रम र मृत्युदरसँग तुलना गरेर जलवायु परिवर्तनको प्रभाव आकलन गरेका थिए । अध्ययनअनुसार गर्मीसम्बन्धी मृत्युमध्ये जलवायु परिवर्तनको हिस्सा सन् २००० को दशकको सुरुआतमा ४५ प्रतिशत रहेकामा अहिले ६५ प्रतिशत पुगेको छ ।

अनुसन्धानमा सहभागी नभएका विज्ञहरूले गर्मीको पूर्वचेतावनी प्रणाली, शीतलन सुविधामा समान पहुँच र जोखिममा रहेका मानिसलाई सहयोग गर्ने व्यवस्था विस्तार गर्नुपर्ने बताएका छन् । उनीहरूले गर्मीबाट तत्काल जोगिने उपायसँगै जलवायु परिवर्तनको मूल कारण बनेको जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्नेमा जोड दिएका छन् । रासस/एपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको इस्ट-वेस्ट तेल पाइपलाइन तथा विभिन्न विमानस्थलहरूलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेका छन्। हुथी प्रवक्ता याह्या सरीले आफ्नो पछिल्लो बयानमा समूहले साउदी अरबका धेरै रणनीतिक तथा महत्त्वपूर्ण ठिकानाहरूमा हमला गरेको बताएका हुन्। उनका अनुसार आक्रमण गरिएका स्थानहरूमा यान्बुस्थित साउदी अरामकोको तेल प्रशोधन केन्द्र (फेसिलिटी), राबिग तेल रिफाइनरी र रियादस्थित किङ खालिद ...
। फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चारैजना पाइलटको मृत्यु भएको छ। दुर्घटना स्थानीय समयअनुसार, दिउँसो ३:५१ बजे मनिलाको दक्षिणमा पर्ने लिपा सहरस्थित फर्नान्डो एयर बेस नजिकै भएको हो। दुवै ‘एसएफ-२६०’ विमान कम उचाइमा उडिरहेका थिए। एउटा विमानको भग्नावशेष सैन्यकर्मीहरूको ब्यारेक नजिकै खसेको थियो। फिलिपिन्सको वायुसेनाले एसएफ-२६० विमानहरूको ...
। ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले पहिलोपटक स्मार्टफोन किनेका छन्। फोनमा हुने कुराकानी रेकर्ड वा लिक हुन सक्ने चिन्ताका कारण उनी अहिलेसम्म व्यक्तिगत मोबाइल फोन प्रयोग गर्नबाट बच्दै आएका थिए। यसअघि आवश्यकता पर्दा लुला अरूको फोन प्रयोग गर्थे। तर अहिले उनी आफैँ सेल्फी खिच्न र इन्स्टाग्राम चलाउन सिकिरहेका छन्। शनिबार एक चुनावी र्‍यालीमा उनले आफू इन्टरनेट ...
। जर्मनीको दक्षिणी राज्य बभेरियास्थित एडोल्फ हिटलरको घर केल्स्टाइन हाउसमा शुक्रबार आगलागी भएको छ। बीबीसीका अनुसार, यस घटनामा प्रहरीले एक शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। यस भवनलाई ‘इगल्स नेस्ट’ को नामले पनि चिनिन्छ। ट्रोनस्टाइनका आपतकालीन सेवा अधिकारीहरूलाई शुक्रबार राति स्थानीय समयानुसार ९:१५ बजे यस भवनमा आगलागी भएको सूचना प्राप्त भएको थियो। दमकलकर्मीहरू घटनास्थलमा पुग्दा भवन आगोको ज्वालाले ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विषय सुल्झाएपछि अमेरिकाले क्युबाको मामलामा ध्यान दिने बताएका छन् । ट्रम्पले क्युबासँगको सम्झौता अघि बढाउन अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पठाइने सङ्केत पनि गरेका छन् । विदेशमन्त्री रुबियोले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै क्युबाका जनतालाई परिवर्तन ल्याउन अपील गरेका छन् । उनले क्युबामा सकारात्मक परिवर्तन चाहनेहरूका लागि यो सही समय भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम