मुख्य समाचार
काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा
काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा

। काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ६ गतेसम्म १३ दिनको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ९४७ जनामध्ये ५९ जना सार्वजनिक सवारीका चालक रहेका छन् । त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीका चालक रहेको उनले जानकारी दिए ।

मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी कार्य भएकाले संलग्न चालकलाई ट्राफिक ऐनअन्तर्गत कारबाही गरिएको प्रवक्ता सुवेदीले बताए ।

चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने भएकाले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै ट्राफिक प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहनु भएका ...
। स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा भएका १८ सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीका अनुसार साउन, भदौ र असोजमा १० मोटरसाइकल, पाँच जीप/भ्यान, दुई बस र एक ट्रेलर ट्रक दुर्घटनामा परेका हुन् । दुर्घटनामा ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पार्टी कमिटीहरुले सामाजिक सञ्जाल अन्तर्गतका आधिकारिक पेज वा ग्रुप निर्माण गरेको भए त्यसको जानकारी पार्टीलाई गराउनुपर्ने भएको छ । यदि सामाजिक सञ्जालको पेज वा ग्रुप नबनाएको भए पनि बनाएर जानकारी गराउनुपर्ने भएको छ । पार्टीको प्रचार, प्रकाशन तथा डिजिटल सञ्चार प्रणालीलाई प्रभावकारी, तथ्यमा आधारित, व्यवस्थित र आधुनिक बनाउने उद्देश्य राखेको नेकपाले ...
: स्याङ्जामा शुक्रबार दिउँसो स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु भएको छ। सोही स्कुटरमा सवार उनकी छोरी भने सकुशल छिन्। बिरुवा गाउँपालिका–२ की ३९ वर्षीया रेवती गुरुङले चलाएको ग २६ प १३५० नम्बरको स्कुटर बिरुवा–राङ्खोला सडक खण्डबाट झन्डै ५० मिटर तल खसेर दुर्घटना भएको हो। गुरुङको घटनास्थलमै मृत्यु भएको हो। स्कुटरपछाडि सवार उनकी १६ वर्षीया छोरी गुञ्जन गुरुङ ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी चुनावको तयारी र सरकारको गलत कामको प्रचारमा केन्द्रित हुँदै दुईमहिने जागरण अभियान सन्चालन गर्ने भएको छ । गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको गरेको निर्णयअनुसार आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको हो । नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् केन्द्रीय कार्यालय सचिव गणेशमान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम