: स्याङ्जामा शुक्रबार दिउँसो स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु भएको छ। सोही स्कुटरमा सवार उनकी छोरी भने सकुशल छिन्।
बिरुवा गाउँपालिका–२ की ३९ वर्षीया रेवती गुरुङले चलाएको ग २६ प १३५० नम्बरको स्कुटर बिरुवा–राङ्खोला सडक खण्डबाट झन्डै ५० मिटर तल खसेर दुर्घटना भएको हो। गुरुङको घटनास्थलमै मृत्यु भएको हो।
स्कुटरपछाडि सवार उनकी १६ वर्षीया छोरी गुञ्जन गुरुङ भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।