मुख्य समाचार
औषधि पसलका सञ्चालक लाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ
औषधि पसलका सञ्चालक लाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ

। पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो ।

पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहनु भएका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बुधबार लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले औषधि पसलमा जाँच गरेको थियो । सो क्रममा विभिन्न चार प्रकारका लागू औषध सञ्चालिकाको साथबाट बरामद गरिएको थियो ।

प्रहरीका अनुसार औषधि पसल सञ्चालिका ढुङ्गानाका साथबाट कोडिप–पी (कोडिन) छ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद गरिएको छ ।

‘लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मारेका थियौँ । सोही क्रममा ठूलो परिणामको लागुऔषध फेला पर्यो । औषधि बिक्री तथा वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै लागुऔषधजन्य औषधि ठूलो परिमाणमा बरामद हुनुले औषधिको बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन प्रभावकारी हुनुपर्ने आवश्यकतालाई उजागर गरेको छ ।’ प्रनाउ पासवानले भने ।

पक्राउ परेकी औषधि पसलका सञ्चालिका माथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाटनै लागुऔषधको कारोबार हुने गरेको फेला परेको थियो । प्रहरीले त्यस्ता औषधि पसल सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी कारवाही अघि बढाउने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा भएका १८ सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीका अनुसार साउन, भदौ र असोजमा १० मोटरसाइकल, पाँच जीप/भ्यान, दुई बस र एक ट्रेलर ट्रक दुर्घटनामा परेका हुन् । दुर्घटनामा ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पार्टी कमिटीहरुले सामाजिक सञ्जाल अन्तर्गतका आधिकारिक पेज वा ग्रुप निर्माण गरेको भए त्यसको जानकारी पार्टीलाई गराउनुपर्ने भएको छ । यदि सामाजिक सञ्जालको पेज वा ग्रुप नबनाएको भए पनि बनाएर जानकारी गराउनुपर्ने भएको छ । पार्टीको प्रचार, प्रकाशन तथा डिजिटल सञ्चार प्रणालीलाई प्रभावकारी, तथ्यमा आधारित, व्यवस्थित र आधुनिक बनाउने उद्देश्य राखेको नेकपाले ...
: स्याङ्जामा शुक्रबार दिउँसो स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु भएको छ। सोही स्कुटरमा सवार उनकी छोरी भने सकुशल छिन्। बिरुवा गाउँपालिका–२ की ३९ वर्षीया रेवती गुरुङले चलाएको ग २६ प १३५० नम्बरको स्कुटर बिरुवा–राङ्खोला सडक खण्डबाट झन्डै ५० मिटर तल खसेर दुर्घटना भएको हो। गुरुङको घटनास्थलमै मृत्यु भएको हो। स्कुटरपछाडि सवार उनकी १६ वर्षीया छोरी गुञ्जन गुरुङ ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी चुनावको तयारी र सरकारको गलत कामको प्रचारमा केन्द्रित हुँदै दुईमहिने जागरण अभियान सन्चालन गर्ने भएको छ । गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको गरेको निर्णयअनुसार आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको हो । नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् केन्द्रीय कार्यालय सचिव गणेशमान ...
। बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। पश्चिम म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदीको कटानले ठूलो क्षति पुर्‍याएको हो। पूर्वाधार विकास कार्यालय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम