मुख्य समाचार
राष्ट्रसंघका उपमहासचिवद्वारा नुवाकोटमा बाढीग्रस्त क्षेत्रको निरीक्षण
राष्ट्रसंघका उपमहासचिवद्वारा नुवाकोटमा बाढीग्रस्त क्षेत्रको निरीक्षण

: गत भदौ १० गते आएको भोटेकोशी बाढीग्रस्त नुवाकोटका विभिन्न क्षेत्रको विभिन्न कूटनीतिक तहका उच्च अधिकारीसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ।

नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्थानको संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालयका जोर्ज म्यानुएल लोपेस मोरेइरा दा सिल्भालगायतको टोलीले स्थलगत निरीक्षण गरेको हो। टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै पीडितहरूको पुनर्स्थापनाको आवश्यकता औंल्याएको छ।

उक्त टोलीले बाढी प्रभावितहरूको पछिल्लो अवस्था, राहतको उपलब्धता र प्रभावितलाई बसोबासको प्रबन्धसहित पुनरुत्थानका सम्बन्धमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठसँग भेट गरेर जानकारीसमेत लिएको छ। मेयर श्रेष्ठले बाढीले पारेको प्रभावको वस्तुस्थितिबारे जानकारी गराएका छन्। टोलीलाई प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी तथा विभिन्न वडाका वडाध्यक्षहरूले बाढीले पारेको प्रभावका सम्बन्धमा जानकारी गराएका थिए।




टोलीले बाढी प्रभावित नुवाकोटको ढुङ्गे, त्रिशूली, देवीघाट, बेत्रावतीगायतका स्थानहरूको अवस्थाबारे जानकारी लिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दशैँअघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी–जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डका अनुसार दोस्रो विश्वयुद्धपछिको विश्व राजनीतिको सेट भत्किँदैछ । नयाँ सेट पनि बनिसकेको छैन । यसको असर संसाररभर परेको प्रचण्डको दाबी छ । शनिवार दुई महिने ‘राष्ट्रिय जागरण अभियान’को उद्घाटन गर्दै प्रचण्डले यसबारे बताएका हुन् । ‘रुस–युक्रेनको कुरा होस् । चाहे इजलायल–प्यालेस्टाइनको कुरा होस् । नयाँ सेट बनिसकेको छैन ...
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले ३५ वर्षको अवधिमा देशमा केही पनि भएन भन्ने भाष्यलाई तथ्यले प्रमाणित गर्न चुनौती दिएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित जागरण अभियानको उद्घाटन कार्यक्रममा नेपालले ३५ वर्षमा केही भएन भन्ने कुरा तथ्य र प्रमाणले पुष्टि गर्न चुनौती दिएका हुन्। यो भाष्यलाई तथ्य र प्रमाणले पुष्टि गर्छ भने ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकम दाहाल प्रचण्डले विश्वको भूराजनीतिमा आएको परिवर्तनको असर नेपालमा अझै बढी परिरहेको दाबी गरेका छन् । पार्टीको आजबाट सुरु भएको दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हाम्रो देश पनि भूराजनीतिक चलखेल वा भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन । बरु अझ ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले दुई तिहाईको सरकारबारे विभिन्न खालका टिप्पणी भइरहँदा आफूहरू तमासा मात्रै हेरेर नबस्ने बताएका छन् । पार्टीको आजबाट सुरु भएको दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘यो सरकार दुई तिहाइको छ, यसले जिम्मेवार ढंगले मुलुक चलाउनेछ । जनताका इच्छा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम