मुख्य समाचार
माधव कुमार नेपालले आफ्नो पार्टी राष्ट्रियताप्रति दृढ रहेको दाबी
माधव कुमार नेपालले आफ्नो पार्टी राष्ट्रियताप्रति दृढ रहेको दाबी

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी राष्ट्रियताप्रति दृढ रहेको दाबी गरेका छन् ।

पार्टीको आजबाट सुरु भएको दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

साथै, राष्ट्रियतामाथि आघात पुर्‍याउने काम कसैले गरेको खण्डमा आफूहरू टुलुटुलु हेरेर नबस्ने उनले बताए ।

‘हाम्रो पार्टी राष्ट्रियताप्रति प्रतिबद्ध भएको पार्टी भएको हुनाले हाम्रो राष्ट्रिय हितमाथि कुनै किसिमले आघात पुर्‍याउने काम हुन्छ भने, त्यसको स्वाभिमानमा आँच पुर्‍याउने कुनै काम हुन्छ भने त्यसलाई हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं,’ सह–संयोजक नेपालले भने ।

यही सन्देश बोकेर जनतामा जान लागेको उनको थप प्रष्टोक्ति थियो ।

‘यो सन्देश दिनका लागि पनि जनतामा चेतना जगाउनका लागि पनि र जनतामा जागरण पैदा गर्नका लागि पनि राष्ट्रियताको इस्यूलाई सबैभन्दा उच्च महत्त्व दिएर यो अभियान सञ्चालन गर्न गइरहेको छ,’ उनले भने ।

काम गर्दा कहिलेकाहीँ कमीकमजोरी हुनसक्ने बताउँदै अहिले नै आत्तिनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले दुई दलको चरित्र नै ...
। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका–६ बस्ने २३ वर्षीय जिबराज बस्नेत समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१–००६ ख ...
। नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् । दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उनले विगत ३५ वर्षमा केही भएन भन्नेहरूलाईलाई उक्त चुनौती दिएका हुन् । मनोगत ढङ्गले आरोप लगाएर मात्रै नहुने बताउँदै उनले तथ्यले पुष्टी ...
। रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ आउँदै गरेको ना.५४ प ९५२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको थियो । उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार फतुवा विजयपुर नगरपालिका–१ बर्गिनिया टोल बस्ने ५० वर्षीया सुनिता देवी पण्डितको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियानको औपचारिक उद्घाटन गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक पत्रकार सम्मेलन आयोजना गर्दै अभियानको उद्घाटन गरिएको हो । अभियान उद्घाटन गर्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक अपिल जारी गरेका छन् । अपिलमा देश जटिल राजनीतिक र आर्थिक संकटबाट गुज्रिरहेको भन्दै जनतामा अभियानमार्फत यसबारे ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम