मुख्य समाचार
पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती
पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती

। नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् ।

दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उनले विगत ३५ वर्षमा केही भएन भन्नेहरूलाईलाई उक्त चुनौती दिएका हुन् । मनोगत ढङ्गले आरोप लगाएर मात्रै नहुने बताउँदै उनले तथ्यले पुष्टी भएमा केही गर्न नसकेको स्वीकार गर्न आफूहरू तयार रहेको बताए ।

‘एउटा भाष्य के छ भने यी पुराना पार्टीहरूले केही पनि गरेनन् । यी पुराना नेताहरूले केही पनि गरेनन् । देशमा केही पनि भएन । त्यो भाष्य कति सही हो कति गलत हो ? यो मनोगत ढङ्गले आरोप लगाएर हुँदैन । तथ्यगत रूपमा त्यसलाई पुष्टि गर्नुपर्ने हुन्छ । तथ्य र प्रमाणले पुष्टि गर्छ भने त्यसलाई स्वीकार गर्न तयार हुनुपर्छ । तथ्यले त्यसलाई खण्डन गर्छ भने त्यसलाई अस्वीकार गर्न पनि तयार हुनुपर्छ,’ नेपालले भने ।

२०४७ सालपछि वामपन्थी तथा कम्युनिष्ट पार्टीका नेतृत्वले सरकारमा रहँदा गरेका कामको विवरण सार्वजनिक गर्ने पनि उनले बताए । साथै, विभिन्न समयमा आफूहरू सरकारको नेतृत्वमा पुगेको र संघ, प्रदेश तथा स्थानीय तहमा पार्टीका नेता–कार्यकर्ताले जिम्मेवारी सम्हालेको उल्लेख गरे ।

‘२०४७ साल यता वामपन्थीहरूले, कम्युनिष्टहरूले सरकारमा गएर के–के जिम्मेवारीहरू पूरा गरे ? हाम्रो पार्टीसँग जोडिएका नेता–कार्यकर्ताहरूले के–के जिम्मेवारीहरू पूरा गरे ? यी कामहरू फलानो कामहरू कसले गर्‍यो भन्ने प्रश्न उठाइसकेपछि त्यसको जवाफ सिधै देख्न सकियोस् । हामी अमूर्त कुरा गरिरहेका छैनौं,’ नेपालले भने, ‘हामी ढाँट कुरा पनि गरिरहेका छैनौँ । तर आज हामी के देख्दछौँ भने गरिएका कामहरूलाई पनि ढाकछोप गर्ने, त्यसको चर्चा पनि गर्न नचाहने, जोखिमपूर्ण कामहरू सुरु गरेको, देशको त्यस्तो दुर्गतिलाई सम्बोधन गर्ने काम गरेको, यी सबै कुराको चर्चा पनि गर्न नचाहने, जस पनि दिन नचाहने, अपजस मात्रै अरूको थाप्लोमा पार्ने यो प्रवृत्ति व्याप्त छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले दुई दलको चरित्र नै ...
। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका–६ बस्ने २३ वर्षीय जिबराज बस्नेत समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१–००६ ख ...
। रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ आउँदै गरेको ना.५४ प ९५२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको थियो । उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार फतुवा विजयपुर नगरपालिका–१ बर्गिनिया टोल बस्ने ५० वर्षीया सुनिता देवी पण्डितको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियानको औपचारिक उद्घाटन गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक पत्रकार सम्मेलन आयोजना गर्दै अभियानको उद्घाटन गरिएको हो । अभियान उद्घाटन गर्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक अपिल जारी गरेका छन् । अपिलमा देश जटिल राजनीतिक र आर्थिक संकटबाट गुज्रिरहेको भन्दै जनतामा अभियानमार्फत यसबारे ...
। दशैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दशैँअघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी–जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम