मुख्य समाचार
एमाले सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको
एमाले सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको

। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले दुई दलको चरित्र नै फरक रहेको दाबी गरे ।

कार्यक्रममा सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्री दाहालले जनतामा माओवादी अस्तित्वबारे भ्रम फैलाउन खोजिएको जिकिर गरे ।

तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित २६ वटा साना–ठूला कम्युनिस्ट घटकहरू एकीकृत भई वर्तमान नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै उनले विचार र भावना यसैभित्र समाहित रहेको जिकिर गरे ।

‘माओवादी र एकीकृत समाजवादीसहित २६ वटा साना–ठूला घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो । यो विघटन नभई रूपान्तरण हो । नामभन्दा काम महत्वपूर्ण भएकाले हामी सबैका विचार र भावनालाई समेटेर अघि बढ्ने संकल्पमा छौं,’ उनले भने, ‘नेपाली कांग्रेस र एमालेको गठबन्धनले देशमा दुर्घटना निम्त्याउन सक्छ भनेर हामीले पहिल्यै सचेत गराएका थियौँ । हाम्रो र उनीहरूको राजनीतिक दृष्टिकोणमा फरक छ । हामी भ्रष्टाचारविरुद्ध लड्ने र सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि प्रतिबद्ध छौँ ।’

नेकपा (एमाले) सँगको भिन्नताबारे बोल्दै संयोजक प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान चलाइरहेकै बेला संसदका दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको स्मरण गरे ।

लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सत्ता सञ्चालन गर्नु संसदीय अभ्यासविपरीत भएको टिप्पणी गर्दै उनले आफूहरू भ्रष्टाचारविरुद्ध लड्ने र तत्कालीन सत्तापक्ष भ्रष्टाचारको संरक्षणमा लागेको आरोप लगाए ।

‘राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जोसँग पनि सहकार्य गर्न तयार छौं । तर यसको अर्थ एमालेसँग पार्टी एकता हुन्छ भन्ने होइन । त्यसका लागि इतिहास, पृष्ठभूमि र वैचारिक भिन्नताबारे गम्भीर समीक्षा आवश्यक छ,’ प्रचण्डले थप व्याख्या गर्दै भने, ‘कम्युनिस्ट आन्दोलन अब उठ्न सक्दैन भन्ने भाष्य नयाँ होइन । विगतमा पनि यस्तै भनिन्थ्यो, तर हामीले परिवर्तनका लागि संघर्ष गर्‍यौं । आलोचनाभन्दा आफ्नो लक्ष्य र काममा केन्द्रित भएर अघि बढ्नु नै हाम्रो प्रतिवद्धता हो ।’

सामाजिक सञ्जाल र नयाँ प्रविधिको लहरबीच कम्युनिस्ट आन्दोलनको भविष्यमाथि उठाइएका संशयलाई सम्बोधन गर्दै प्रचण्डले २०४६ सालको जनआन्दोलनपछि पनि यस्तै निराशाजनक भाष्य निर्माण गरिएको दृष्टान्त पेश गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका–६ बस्ने २३ वर्षीय जिबराज बस्नेत समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१–००६ ख ...
। नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् । दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उनले विगत ३५ वर्षमा केही भएन भन्नेहरूलाईलाई उक्त चुनौती दिएका हुन् । मनोगत ढङ्गले आरोप लगाएर मात्रै नहुने बताउँदै उनले तथ्यले पुष्टी ...
। रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ आउँदै गरेको ना.५४ प ९५२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको थियो । उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार फतुवा विजयपुर नगरपालिका–१ बर्गिनिया टोल बस्ने ५० वर्षीया सुनिता देवी पण्डितको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियानको औपचारिक उद्घाटन गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक पत्रकार सम्मेलन आयोजना गर्दै अभियानको उद्घाटन गरिएको हो । अभियान उद्घाटन गर्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक अपिल जारी गरेका छन् । अपिलमा देश जटिल राजनीतिक र आर्थिक संकटबाट गुज्रिरहेको भन्दै जनतामा अभियानमार्फत यसबारे ...
। दशैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दशैँअघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी–जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम