मुख्य समाचार
काठमाडौंलाई दौडिएर मात्र होइन, महसुस गरेर अपनत्व लिनुपर्छ : डंगोल
काठमाडौंलाई दौडिएर मात्र होइन, महसुस गरेर अपनत्व लिनुपर्छ : डंगोल

। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली र सम्पदाहरू केवल भौतिक संरचना मात्र नभई यहाँको विशिष्ट जीवनशैली भएकाले यसलाई दौडिएर मात्र नभई गहिरोसँग महशुस गरेर अपनत्व लिनुपर्ने बताएकी छिन् ।

महानगरपालिकाद्वारा आयोजित ‘हेरिटेज रन’ का अवसरमा बोल्दै उनले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले आफ्ना कार्यक्रमहरू अघि बढाइरहेको स्पष्ट पारेका हुन् ।




काठमाडौं महानगरपालिकाद्वारा वसन्तपुर क्षेत्रबाट शुरु गरिएको १० किलोमिटर लामो ‘हेरिटेज रन’ मा विभिन्न उमेर समूहका धावकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले बिहानीपखको काठमाडौंको मौलिक सुगन्ध, भजन–कीर्तन, परम्परागत खाजा र मन्दिरहरूको वातावरणले नै सहरलाई जीवन्त बनाउने भन्दै पैदल वा दौडिएर यात्रा गर्दा सहरसँग आत्मीय सम्बन्ध स्थापित हुने उल्लेख गरिन् ।

‘काठमाडौं महानगरपालिकाले आयोजना गरेको हेरिटेज रन केवल दौड प्रतियोगिता होइन, काठमाडौंको संस्कृति, सम्पदा र जनजीवनसँग जोडिने अवसर हो । काठमाडौंका मन्दिर, गल्ली, परम्परा, संगीत र खानपानले हाम्रो मौलिक पहिचान झल्काउँछन् । त्यसैले हाम्रो उद्देश्य दौडिनु मात्र नभई काठमाडौंलाई महशुस गर्नु र यसप्रति अपनत्व बढाउनु हो,’ उनले भनिन् ।



हेरिटेज रनमा हजुरबुवा–हजुरआमादेखि नातिनातिनासम्मका तीन फरक पुस्ताको उत्साहजनक सहभागिता देखिएको थियो । डंगोलकाअनुसार ७५ वर्षका ज्येष्ठ नागरिकदेखि युवा तथा बालबालिकासम्मले १० किलोमिटरको दूरी पार गरेका थिए ।

अनलाइन दर्ता खुला गरिएको २४ घण्टाभित्रै निर्धारित कोटा पूरा भएपछि दर्ता प्रक्रिया बन्द गर्नुपरेको जानकारी दिँदै उनले नागरिकको यस्तो अभूतपूर्व चासोले आगामी दिनमा यस्ता रचनात्मक कार्यक्रमहरू थप गर्न ऊर्जा मिलेको बताइन् । यस हेरिटेज रनलाई महानगरपालिकाले आगामी कात्तिक १३ देखि १५ गते (अक्टोबर ३० देखि नोभेम्बर १) सम्म आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिभल’ को प्रवर्द्धनात्मक कार्यक्रमका रूपमा समेत जोडेको छ ।

खेलकुद, साहित्य, कला र सम्पदालाई चलचित्रमार्फत एकाकार गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको डंगोलले जानकारी दिइन् ।

‘हेरिटेज रनमा विभिन्न पुस्ताको उत्साहजनक सहभागिताले हामीलाई यस्ता कार्यक्रम निरन्तर गर्न प्रेरणा दिएको छ । यसै क्रममा कात्तिक १३, १४ र १५ गते काठमाडौं फिल्म फेस्टिभल आयोजना हुँदैछ। नेपाली तथा अन्तर्राष्ट्रिय गरी ४० वटा चलचित्र नि:शुल्क प्रदर्शन गरिनेछन्,’ उनले भनिन्, ‘विस्तृत विवरण महानगरपालिकाको आधिकारिक सामाजिक सञ्जालमा उपलब्ध छ । सम्पूर्ण नागरिक, कलाकार र चलचित्रप्रेमीलाई परिवार तथा साथीभाइसँगै सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछु । काठमाडौँलाई हेरौँ, सुनौँ, महशुस गरौँ र यसको सम्पदासँग जोडिऔँ ।’

महोत्सवको पहिलो दिन वसन्तपुर डबलीमा खुला आकाशमुनि विशेष स्क्रिनिङमार्फत कार्यक्रमको उद्घाटन गरिनेछ । त्यसैगरी दोस्रो र तेस्रो दिन ऐतिहासिक राष्ट्रिय सभागृह तथा जय नेपाल सिनेमा हलमा चलचित्रहरू प्रदर्शन गरिनेछ ।

सभागृहमा विशेषगरी ७० र ८० को दशकका पुराना मौलिक नेपाली चलचित्रहरू नि:शुल्क देखाइने र जय नेपाल हलमा अन्तर्राष्ट्रिय चलचित्रहरूसहित कुल ४० चलचित्र प्रदर्शन हुनेछन् । फेस्टिभलमा सहभागी हुन इच्छुक दर्शकहरूले महानगरको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत नि:शुल्क अनलाइन टिकट बुक गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धनुषामा दम्पतीबीच विवाद हुँदा श्रीमानले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् भने त्यसपछि स्वयम् पनि आत्महत्या गरेका छन्। धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाहीस्थित ससुराली गएको समयमा शनिबार राति ९ बजे विवाद हुँदा श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार भएको थियो। घटनामा श्रीमतीको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन्। धनुषाको उत्तरी ...
: इजरायलमा संसदीय निर्वाचन हुनु तीन दिन मात्र बाँकी रहँदा शनिबार राजधानी तेल अभिभमा हजारौं मानिसले प्रदर्शन गरेका छन्।प्रदर्शनकारीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको सरकारसँग सन् २०२३ अक्टोबर ७ मा भएको हमास आक्रमणसँग जोडिएका सुरक्षा त्रुटिहरूको स्वतन्त्र छानबिन गर्न माग गरेका छन्। समाचार एजेन्सी एएफपीका अनुसार 'अक्टोबर काउन्सिल' नामक समूहद्वारा आयोजित उक्त प्रदर्शनमा चार प्रमुख विपक्षी दलका ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिनामा कृषि, पशुपालन र नीतिगत सुधारका क्षेत्रमा भएका कामहरूको कार्यप्रगति प्राप्त भएको छ । १३ चैत २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठन भएयता मन्त्रालयले गरेका कार्यप्रगतिको सूची मन्त्रालयले तयार पारेको हो । अनलाइनखबरलाई प्राप्त प्रतिवेदन अनुसार यस अवधिमा किसानको बक्यौता भुक्तानी, दुग्ध विकास संस्थान ...
: नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ । प्राधिकरणका ...
। दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । ४८ वर्षीय केशव विकको घरमा जुवातास खेलिरहेको अवस्थामा केशवसमेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको नेपाल प्रहरीको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम