मुख्य समाचार
एलन मस्कले आफ्नो कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवाको प्रयोगमा प्रतिबन्ध
एलन मस्कले आफ्नो कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवाको प्रयोगमा प्रतिबन्ध

। टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले आफ्नो कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवाको प्रयोगमा प्रतिबन्ध लगाएको बताएका छन्।

मस्कले युक्रेनमाथि स्टारलिंकको सेवा सर्त उल्लङ्घन गरेको आरोप लगाएका छन्। उनका अनुसार, युक्रेनले यस सेवाको प्रयोग सैन्य गतिविधिहरूका लागि गरिरहेको थियो।

यद्यपि, उनले अमेरिकाको सैन्य-ग्रेड नेटवर्क स्टारसिल्डमा आएको समस्याका लागि आफू जिम्मेवार रहेको कुरालाई भने अस्वीकार गरेका छन्।

मस्कको पछिल्लो दाबीमाथि युक्रेनको तर्फबाट हालसम्म कुनै आधिकारिक जवाफ आएको छैन। तर, युक्रेनी राष्ट्रपतिका सल्लाहकार सेरही बेस्क्रेस्तनोभले मस्कको पोस्टलाई निकै अनौठो भनेका छन्।

यसअघि मस्कले जानीजानी युक्रेनको इन्टरनेट कनेक्सनको स्पिड कम गरिदिएको आरोपलाई खारेज गरेका थिए। युक्रेनको भनाइअनुसार, यस समस्याका कारण उसले एक साताभन्दा बढी समयसम्म आफ्ना रक्षात्मक सैन्य गतिविधि सञ्चालन गर्न कठिनाइको सामना गर्नुपरेको थियो।

स्टारलिंक र स्टारसिल्ड इन्टरनेट सेवाको स्पिड पुनः सुचारु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक्समा पोस्ट गर्दै अमेरिकालाई धन्यवाद दिएका छन्। उनले भनेका छन्, ‘यो हाम्रो अग्रपङ्क्तिमा तैनाथ लजिस्टिक प्रणालीका लागि अत्यन्तै महत्त्वपूर्ण छ। साथै, जेट इन्जिनबाट सञ्चालित शाहेद ड्रोन आक्रमणविरुद्ध युक्रेनको रक्षाका लागि पनि यो आवश्यक छ।‘

गत साता रुसी तेल पूर्वाधारहरूमाथि युक्रेनी आक्रमणलाई लिएर अमेरिका र युक्रेनबीच तनाव बढिरहेको समयमा यो विवाद बाहिर आएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फ्रान्समा शनिबार भएका प्रदर्शनमा चार लाखभन्दा बढी मानिस सहभागी भएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर करिब चार लाख १० हजार मानिस सडकमा उत्रिएका थिए । तीमध्ये करिब एक लाख १० हजार जना राजधानी पेरिसमा सहभागी भएका थिए । यो संख्या गत सप्ताहान्त पेरिसमा भएको प्रदर्शनमा सहभागी हुनेको हाराहारीमा रहेको मन्त्रालयले जनाएको ...
: फ्रान्समा सरकारविरोधी प्रदर्शन चर्किएपछि प्रहरीले विभिन्न सहरमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । शनिबार देशभर भएका प्रदर्शनका क्रममा कम्तीमा एक हजार जनालाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन् । बिबिसि रिपोर्टका अनुसार फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार शनिबार देशभर करिब चार लाख मानिस प्रदर्शनमा सहभागी भएका थिए । तीमध्ये एक लाख १० हजार जना राजधानी ...
: उत्तर कोरियाली नेता किम जोङ उन चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा उनले डानडोङस्थित कोरियाली युद्ध स्मारकको अवलोकन गर्नुका साथै चीन र उत्तर कोरिया जोड्ने नवनिर्मित पुलको उद्घाटन गरेका छन्। किम एकदिने भ्रमणमा शनिबार चीन पुगेका हुन् भने उनी साेही दिन स्वदेश फर्किएका हुन् । उत्तर कोरियाको सरकारी समाचार एजेन्सीका ...
। फ्रान्समा महँगी र विद्यालयहरूको खस्कँदो अवस्थाको विरोधमा शनिबार फेरि विशाल प्रदर्शन भएको छ। अधिकारीहरूका अनुसार, लाखौँ मानिस सहभागी उक्त प्रदर्शनका क्रममा करिब एक हजार जनालाई पक्राउ गरिएको छ। बीबीसीका अनुसार, शनिबार अबेर राति केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो। यद्यपि, गत साताको अन्त्यमा भएको जस्तो व्यापक हिंसा र लुटपाटलाई रोक्न भने सुरक्षा निकाय सफल भएको ...
। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको इस्ट-वेस्ट तेल पाइपलाइन तथा विभिन्न विमानस्थलहरूलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेका छन्। हुथी प्रवक्ता याह्या सरीले आफ्नो पछिल्लो बयानमा समूहले साउदी अरबका धेरै रणनीतिक तथा महत्त्वपूर्ण ठिकानाहरूमा हमला गरेको बताएका हुन्। उनका अनुसार आक्रमण गरिएका स्थानहरूमा यान्बुस्थित साउदी अरामकोको तेल प्रशोधन केन्द्र (फेसिलिटी), राबिग तेल रिफाइनरी र रियादस्थित किङ खालिद ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम