मुख्य समाचार
फ्रान्समा महँगी र विद्यालयको जीर्ण अवस्थाविरुद्ध प्रदर्शन
फ्रान्समा महँगी र विद्यालयको जीर्ण अवस्थाविरुद्ध प्रदर्शन

। फ्रान्समा महँगी र विद्यालयहरूको खस्कँदो अवस्थाको विरोधमा शनिबार फेरि विशाल प्रदर्शन भएको छ।

अधिकारीहरूका अनुसार, लाखौँ मानिस सहभागी उक्त प्रदर्शनका क्रममा करिब एक हजार जनालाई पक्राउ गरिएको छ।
बीबीसीका अनुसार, शनिबार अबेर राति केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो।

यद्यपि, गत साताको अन्त्यमा भएको जस्तो व्यापक हिंसा र लुटपाटलाई रोक्न भने सुरक्षा निकाय सफल भएको छ। गत साताको हिंसालाई फ्रान्सको आधुनिक इतिहासमै अशान्तिको सबैभन्दा गम्भीर घटनामध्ये एक मानिएको थियो।

फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार करिब ४ लाख १० हजार मानिस सडकमा उत्रिएका थिए। तर, ट्रेड युनियनहरूले भने प्रदर्शनकारीको सङ्ख्या करिब ८ लाख रहेको दाबी गरेका छन्।

प्रदर्शनका क्रममा शान्ति सुरक्षा कायम राख्न करिब ७० हजार प्रहरी परिचालन गरिएको थियो। महँगी र विद्यालयको अवस्थाविरुद्ध भइरहेका प्रदर्शनलाई हिंसात्मक हुनबाट रोक्न कैयौँ सहरमा कठोर प्रतिबन्धहरूसमेत लगाइएका थिए।

गत साता प्रदर्शनकारीको तुलनामा प्रहरीको सङ्ख्या कम हुँदा सयौँ पसलमा लुटपाट हुनुका साथै कैयौँ भवनमा आगो लगाइएको थियो।

यसै साता फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मान्यता प्राप्त ट्रेड युनियनहरूले आयोजना गर्ने प्रदर्शनलाई मात्र अनुमति दिने आदेश जारी गरेका थिए।

यसैबीच, द्रुत सुनुवाइमार्फत तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न सयौँ व्यक्तिलाई जेल चलान गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
: इजरायली सेनाले कब्जा गरिएको पश्चिम किनारको हेब्रोन सहरमा घर, व्यवसाय तथा अन्य संरचना भत्काएपछि सयौँ परिवार विस्थापित भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सैन्य कारबाहीका कारण एक हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । इजरायली सेनाले हेब्रोनका ऐन देर बहा र फार्श अल–हावा क्षेत्रमा केन्द्रित रहेर घर, व्यावसायिक भवन, औद्योगिक स्थल तथा पूर्वाधारमा ...
: यमनका हुथी विद्रोहीहरूले साउदी अरबको रणनीतिक 'पूर्व-पश्चिम' तेल पाइपलाइन, विभिन्न तेल प्रशोधन केन्द्र तथा मुख्य अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्। हुथी सैन्य प्रवक्ता याह्या सारीले एक विज्ञप्ति जारी गर्दै साउदी अरबका धेरै संवेदनशील तथा रणनीतिक स्थानहरूमा आफ्नो समूहले ब्यालेस्टिक मिसाइल र ड्रोनमार्फत निशाना बनाएको जानकारी दिएका छन्। हुथी समूहका अनुसार यान्बुस्थित ...
: फ्रान्समा शनिबार भएका प्रदर्शनमा चार लाखभन्दा बढी मानिस सहभागी भएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर करिब चार लाख १० हजार मानिस सडकमा उत्रिएका थिए । तीमध्ये करिब एक लाख १० हजार जना राजधानी पेरिसमा सहभागी भएका थिए । यो संख्या गत सप्ताहान्त पेरिसमा भएको प्रदर्शनमा सहभागी हुनेको हाराहारीमा रहेको मन्त्रालयले जनाएको ...
: फ्रान्समा सरकारविरोधी प्रदर्शन चर्किएपछि प्रहरीले विभिन्न सहरमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । शनिबार देशभर भएका प्रदर्शनका क्रममा कम्तीमा एक हजार जनालाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन् । बिबिसि रिपोर्टका अनुसार फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार शनिबार देशभर करिब चार लाख मानिस प्रदर्शनमा सहभागी भएका थिए । तीमध्ये एक लाख १० हजार जना राजधानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम