मुख्य समाचार
धारिलो हतियार प्रहारबाट ४ जना घाइते, एक पक्राउ
धारिलो हतियार प्रहारबाट ४ जना घाइते, एक पक्राउ

: खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चारजना घाइते भएका छन्। स्थानीय ४३ वर्षीय नइन्द्रकुमार राईले आफ्नै ससुरालीमा गएर धारिलो हतियार प्रहार गर्दा उनकी श्रीमतीसहित चारजना घाइते भएका हुन्।

धारिलो हतियार प्रहारबाट हलेसी तुवाचुङ नगरपालिका–३ बस्ने ४० वर्षीया अन्जना राईको टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेको छ। त्यसैगरी, ६२ वर्षीया स्यामाउन राईको टाउको तथा दाहिने हातमा चोट लागेर अवस्था गम्भीर रहेको छ। नरेन्द्र राईको दाहिने हातमा चोट लागेको र अवस्था मध्यम छ भने २५ वर्षीया तेनिना राईको टाउकोमा गम्भीर चोट लागेको छ।

घाइतेहरूलाई उपचारका लागि नगर अस्पताल दुर्छिममा लगिएको छ र हाल उनीहरूको त्यहीँ उपचार भइरहेको छ। घटनामा संलग्न हतियार प्रहार गर्ने नइन्द्रकुमार राईलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र सात बुङ तास बरामद गरेको प्रहरीले जनाएको छ। इटहरी उपमहानगरपालिका–४ शान्ति चोकस्थित द ईस्टन होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार राति छापा मारेको थियो। वडा प्रहरी कार्यालय इटहरी ...
: चितवनमा जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। आइतबार दिउँसो कालिस्टारबाट भण्डारातर्फ जाँदै गरेको ग ३ च ५२२५ नम्बरको बोलेरो जिप राप्ती नगरपालिका–५, चौकीडाँडास्थित भित्री सडकखण्डमा अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका हुन्। दुर्घटनाका घाइतेमध्ये ७ जनाको भण्डारा अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको ...
। रोल्पा-काठमाडौं सम्पर्क समितिले प्राकृतिक विपद्‍मा परी ज्यान गुमाएका, बेपत्ता भएका र घाइते भएका व्यक्तिका ५२ परिवारलाई आर्थिक राहत वितरण गरेको छ। समितिले आइतबार रोल्पाको लिबाङमा कार्यक्रम गरी ६ लाख १ हजार ६०१ रुपैयाँ राहत रकम हस्तान्तरण गरेको हो। राहत रकम संकलन अभियान सञ्चालन गरेर जम्मा भएको रकम पीडित परिवारलाई उपलब्ध गराइएको अभियानका संयोजक तथा समितिका ...
। कञ्चनपुरको भीमदत्त नगरपालिका-१० भन्सार रोड क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली भारतबाट नेपाल ल्याइएका २ लाख ७३ हजार ९२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट सशस्त्र प्रहरी निरीक्षक सागर सिंह धामीको कमान्डमा खटिएको टोलीले आइतबार बिहान उक्त सामान बरामद गरेको हो । समान बेवारिसे अवस्थामा रहेका इलेक्ट्रोनिक ...
। बझाङमा साढे ५ किलो चरेसजस्तो देखिने लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुर्गाथली गाउँपालिका–५ बस्ने ३० वर्षीय कटक जप्रेल रहेका छन्। बित्थडचिर गाउँपालिका–८ स्थित बागथला बजारमा रहेको जयपृथ्वी राजमार्गबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबार साँझ साढे ५ बजे चैनपुरबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४२११ नम्बरको बस जाँच गर्ने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम