। स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको बहुचर्चित ‘एल क्लासिको’ खेलमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ ।
घरेलु मैदान क्याम्प नोउमै भएको खेलमा बार्सिलोना २-१ ले पराजित भएको हो । जारी सिजनमा बार्सिलोनाको यो पहिलो हार हो ।
खेलमा सुरुवाती अग्रता रियलले नै लिएको थियो । ४१औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
६१औं मिनेटमा राफिन्हाले गोल गरेपछि बार्सिलोनाले खेलमा फर्किने संकेत गरेको थियो तर ८७औं मिनेटमा एमबाप्पेले फेरि गोल गर्दै टोलीको जित पक्का गरे ।
जितका बाबजुद रियल तेस्रो स्थानमा नै सीमित छ । १० खेलबाट रियलको २४ अंक भएको छ । बार्सिलोना २७ अंकसहित शीर्षस्थानमै छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडको २५ अंक छ ।