मुख्य समाचार
प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण
प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण

। प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ ।

काठमाडौंबाट मात्रै ९९ जना, भक्तपुरबाट १७ जना र ललितपुरबाट २ जनालाई नियन्त्रणमा लिइएको काठमाडदं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुमाथि विभिन्न कसुरमा अनुसन्धान भइरहेको कार्यालयको भनाइ छ ।

यस्तै उपत्यकामा सोही अवधिमा ५१४ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६४ जना, लागुपदार्थ सेवन गर्ने २ जना, तीव्र गतिमा सवारी चलाउने ४० जना, रातो बत्तिको उल्लंघन गर्ने २१ जना रहेका छन् भने बाँकी अन्य ट्राफिक नियम उल्लंघन गर्नेहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र सात बुङ तास बरामद गरेको प्रहरीले जनाएको छ। इटहरी उपमहानगरपालिका–४ शान्ति चोकस्थित द ईस्टन होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार राति छापा मारेको थियो। वडा प्रहरी कार्यालय इटहरी ...
: चितवनमा जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। आइतबार दिउँसो कालिस्टारबाट भण्डारातर्फ जाँदै गरेको ग ३ च ५२२५ नम्बरको बोलेरो जिप राप्ती नगरपालिका–५, चौकीडाँडास्थित भित्री सडकखण्डमा अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका हुन्। दुर्घटनाका घाइतेमध्ये ७ जनाको भण्डारा अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको ...
। रोल्पा-काठमाडौं सम्पर्क समितिले प्राकृतिक विपद्‍मा परी ज्यान गुमाएका, बेपत्ता भएका र घाइते भएका व्यक्तिका ५२ परिवारलाई आर्थिक राहत वितरण गरेको छ। समितिले आइतबार रोल्पाको लिबाङमा कार्यक्रम गरी ६ लाख १ हजार ६०१ रुपैयाँ राहत रकम हस्तान्तरण गरेको हो। राहत रकम संकलन अभियान सञ्चालन गरेर जम्मा भएको रकम पीडित परिवारलाई उपलब्ध गराइएको अभियानका संयोजक तथा समितिका ...
। कञ्चनपुरको भीमदत्त नगरपालिका-१० भन्सार रोड क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली भारतबाट नेपाल ल्याइएका २ लाख ७३ हजार ९२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट सशस्त्र प्रहरी निरीक्षक सागर सिंह धामीको कमान्डमा खटिएको टोलीले आइतबार बिहान उक्त सामान बरामद गरेको हो । समान बेवारिसे अवस्थामा रहेका इलेक्ट्रोनिक ...
। बझाङमा साढे ५ किलो चरेसजस्तो देखिने लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुर्गाथली गाउँपालिका–५ बस्ने ३० वर्षीय कटक जप्रेल रहेका छन्। बित्थडचिर गाउँपालिका–८ स्थित बागथला बजारमा रहेको जयपृथ्वी राजमार्गबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबार साँझ साढे ५ बजे चैनपुरबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४२११ नम्बरको बस जाँच गर्ने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम