। बझाङमा साढे ५ किलो चरेसजस्तो देखिने लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दुर्गाथली गाउँपालिका–५ बस्ने ३० वर्षीय कटक जप्रेल रहेका छन्।
बित्थडचिर गाउँपालिका–८ स्थित बागथला बजारमा रहेको जयपृथ्वी राजमार्गबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आइतबार साँझ साढे ५ बजे चैनपुरबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४२११ नम्बरको बस जाँच गर्ने क्रममा बसको पछाडिको डिक्कीमा कालो झोलाभित्र लुकाइछिपाइ राखिएको चरेसजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
उक्त पदार्थ प्लास्टिकसहित ५ किलो ४५० ग्राम र शुद्ध तौल ५ किलो १९५ ग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले जप्रेललाई नियन्त्रणमा लिएर अस्थायी प्रहरी पोष्ट बागथलामा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।