मुख्य समाचार
विपद्‍मा परी ज्यान गुमाएका, बेपत्ता भएका र घाइते भएका व्यक्तिका ५२ परिवारलाई आर्थिक राहत वितरण
विपद्‍मा परी ज्यान गुमाएका, बेपत्ता भएका र घाइते भएका व्यक्तिका ५२ परिवारलाई आर्थिक राहत वितरण

। रोल्पा-काठमाडौं सम्पर्क समितिले प्राकृतिक विपद्‍मा परी ज्यान गुमाएका, बेपत्ता भएका र घाइते भएका व्यक्तिका ५२ परिवारलाई आर्थिक राहत वितरण गरेको छ।

समितिले आइतबार रोल्पाको लिबाङमा कार्यक्रम गरी ६ लाख १ हजार ६०१ रुपैयाँ राहत रकम हस्तान्तरण गरेको हो। राहत रकम संकलन अभियान सञ्चालन गरेर जम्मा भएको रकम पीडित परिवारलाई उपलब्ध गराइएको अभियानका संयोजक तथा समितिका इन्चार्ज जेपी रोकामगरले जानकारी दिए।

थबाङ गाउँपालिका–५ उवाको कोटलबारामा साउन २८ गते गएको पहिरो, सुनछहरी गाउँपालिका–२ को गाम र सेरममा साउन २९ गते गएको पहिरो, लुङ्ग्री गाउँपालिकामा गएको पहिरो तथा भदौ ८ गते भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका र बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराइएको हो। त्यस्तै, असारदेखि असोजसम्म चट्याङ लागेर तथा रुख ढलेर ज्यान गुमाएका र घाइते भएका व्यक्तिका परिवारलाई पनि राहत दिइएको समितिले जनाएको छ।

रोकामगरका अनुसार पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुनमार्फत सम्बन्धित पालिकाका अध्यक्ष र पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष, नगरप्रमुख, राजनीतिक दलका अध्यक्ष तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुनको पनि उपस्थिति थियो।

रोल्पामा ५० जनाको मृत्यु तथा बेपत्ता

समितिका अनुसार विभिन्न विपद्मा परी रोल्पामा ५० जनाको मृत्यु वा बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।

विवरणअनुसार थबाङ गाउँपालिकामा १५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सुनछहरी गाउँपालिकामा १० जनाको मृत्यु भएको छ। सुनिल स्मृति गाउँपालिकामा १० जना, परिवर्तन गाउँपालिकामा चार जना, रुन्टीगढी गाउँपालिकामा तीन जना तथा रोल्पा नगरपालिका, गंगादेव गाउँपालिका र माडी गाउँपालिकामा दुई–दुई जना बेपत्ता भएका छन्। लुङ्ग्री गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ।

मृतक तथा बेपत्ताका ५० परिवार र घाइतेका दुई परिवार गरी ५२ परिवारलाई जनही ११ हजार ५०० बराबर रुपैयाँका दरले राहत वितरण गरिएको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र सात बुङ तास बरामद गरेको प्रहरीले जनाएको छ। इटहरी उपमहानगरपालिका–४ शान्ति चोकस्थित द ईस्टन होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार राति छापा मारेको थियो। वडा प्रहरी कार्यालय इटहरी ...
: चितवनमा जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। आइतबार दिउँसो कालिस्टारबाट भण्डारातर्फ जाँदै गरेको ग ३ च ५२२५ नम्बरको बोलेरो जिप राप्ती नगरपालिका–५, चौकीडाँडास्थित भित्री सडकखण्डमा अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका हुन्। दुर्घटनाका घाइतेमध्ये ७ जनाको भण्डारा अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको ...
। कञ्चनपुरको भीमदत्त नगरपालिका-१० भन्सार रोड क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली भारतबाट नेपाल ल्याइएका २ लाख ७३ हजार ९२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट सशस्त्र प्रहरी निरीक्षक सागर सिंह धामीको कमान्डमा खटिएको टोलीले आइतबार बिहान उक्त सामान बरामद गरेको हो । समान बेवारिसे अवस्थामा रहेका इलेक्ट्रोनिक ...
। बझाङमा साढे ५ किलो चरेसजस्तो देखिने लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुर्गाथली गाउँपालिका–५ बस्ने ३० वर्षीय कटक जप्रेल रहेका छन्। बित्थडचिर गाउँपालिका–८ स्थित बागथला बजारमा रहेको जयपृथ्वी राजमार्गबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबार साँझ साढे ५ बजे चैनपुरबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४२११ नम्बरको बस जाँच गर्ने ...
। सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा यो वर्ष दशैँमै बढी दुर्घटना भएको पाइएको छ । घटस्थापनादेखि शुक्रबारसम्म प्रदेशभर एक सय ५२ सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने दुई सय ४३ जना घाइते भएको सुदूरपश्चिम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम