मुख्य समाचार
इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन्
इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन्

। इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्।

लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं इंग्लिस खेलाडी हुन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले १९७८ र १९७९ मा यो अवार्ड जितेका थिए।

किलियन एमबाप्पे र लामिन यामाललाई पछि पार्दै उनले यो अवार्ड जितेका हुन् । यसपटक रियल मड्रिड तथा फ्रान्सका फरवार्ड एम्बाप्पे दोस्रो र बार्सिलोना तथा स्पेनका यमाल तेस्रो भए।

अवार्ड जितेपछि केनले आफ्नो करिअरमा धेरै उतारचढाव आएको र सफलताका लागि धैर्य गर्दै कडा मेहनत गर्नुपरेको बताए। सुरुआती समयमा आफूलाई सम्भावित सुपरस्टारका रूपमा नहेरिएको उल्लेख गर्दै उनले आत्मविश्वास र दृढताका साथ अघि बढेको बताए।



इंग्ल्यान्डका प्रशिक्षक थोमस टुकेलले केनले अवार्ड जित्दा आफू खुसी भएको बताए। बेलायती राजकुमार विलियमले पनि उनलाई उत्कृष्ट कप्तान र असाधारण खेलाडीका रूपमा प्रशंसा गरेका छन्।

केनले गत सिजन क्लबका लागि ५१ खेलमा ६१ गोल गरेका थिए। बायर्नका कुनै पनि खेलाडीले एक सिजनमा गरेको यो सर्वाधिक गोल हो। इंग्ल्यान्डका लागि खेलेका खेलसमेत जोड्दा उनले ६५ खेलमा ७३ गोल र आठ असिस्ट गरेका थिए।

यद्यपि, गत सिजन केनले विश्वकप र च्याम्पियन्स लिगका सेमिफाइनलमा हार बेहोरेका थिए। उनले ती दुई प्रतियोगिताका उपाधि जित्न नसके पनि बालोन डी’ओर जितेका हुन्।

केन बायर्न म्युनिखबाट बालोन डी’ओर जित्ने सन् १९८१ यताका पहिलो खेलाडी बनेका छन्। उनको सफलताको खुसीयालीमा सोमबार राति वेम्बली रंगशालाका आर्चहरू सुनौलो प्रकाशले सजाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्। ३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको टोली लन्डन सिटी लायनेसमा आबद्ध भएकी ...
: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताएकी छन्। प्रतियोगिताअघि मन्त्री गौतमले नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउँदै एनपीएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामथ्र्य र राष्ट्रिय एकताको सुन्दर संगम भएको बताएकी हुन्। ‘नेपाल प्रिमियर लिगको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम