: विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय अंकित पोखरेल रहेका छन् ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१० स्थित भित्री सडकमा बिहीबार राति निर्मल जलतर्फबाट जतुवातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३३७७ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा परी टाउको र नाकमा गम्भीर चोट लागेका पोखरेललाई उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो। उपचारका क्रममा राति १:१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए।
प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको छ भने दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको जनाएको छ।