मुख्य समाचार
निजामती अध्यादेशमा रविलाई मनाउने प्रधानमन्त्रीको प्रयास
निजामती अध्यादेशमा रविलाई मनाउने प्रधानमन्त्रीको प्रयास

: प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित रवि निवासमा चार घण्टा लामो राजनीतिक संवाद भएको छ।

दुई नेताबीच बिहान १० बजेदेखि दिउँसो सवा २ बजेसम्म छलफल चलेको रास्वपाका एक पदाधिकारीले पुष्टि गरेका छन्। दुई शीर्ष नेताको संवाद लम्बिएपछि बुधबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक बिहीबारका लागि सारिएको छ। ‘सरकार सञ्चालयका केही विषय र अध्यादेशबारे साझा धारणा बनाउन भेटघाट भएको हो,’ ती पदाधिकारीले भने। निजामती अध्यादेश र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको विषयलाई लिएर छलफल केन्द्रित रहेको स्रोतको दाबी छ।

नेपाल प्रहरीको पोसाक खरिदसम्बन्धी विवादलाई लिएर सिंहदरबारमा बिहीबार संसदीय उपसमितिको बैठक बोलाइएको छ। रास्वपाले यही मुद्दालाई देखाएर आईजीपी कार्कीको राजीनामा वा बहिर्गमनका लागि दबाब दिने सम्भावना छ। प्रधानमन्त्री निकट समूहले आईजीपीलाई राजीनामा दिन दबाब बढाएको समाचार बुधबार सार्वजनिक भएको थियो।

निजामती अध्यादेश ल्याएर वा केही नेपाल ऐन संशोधन गरेर ३०–५५ लागू गर्न प्रधानमन्त्री आतुर देखिएको उच्च स्रोतको भनाइ छ। तर सभापति लामिछाने ३०–५५ लागू भए अनुभवी कर्मचारीको ठूलो समूह बाहिरिने भन्दै रोक्ने पक्षमा छन्।

दुवै पक्षले यो भेटबारे आधिकारिक जानकारी दिएका छैनन्। तर, निजामती अध्यादेश, आईजीपीको भविष्य र महत्वपूर्ण राजनीतिक नियुक्तिबारे निर्णय लिन संवाद जारी रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार एकैदिन उनीहरूलाई पक्राउ गरिएको हो । भजनी नगरपालिका–३ मरियाघाटबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित टीकापुर नगरपालिका–३ का १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक पक्राउ परेका छन् । उनीहरूलाई बुधबार दिउँसो भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गर्दा चेकजाँच गर्ने क्रममा पक्राउ ...
: अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ। २०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्‍न गर्नुपर्ने समयसीमा तोकिएको थियो। सडकखण्डको काम सम्पन्‍न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्‍न ...
। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले प्रदेशका १० वटै जिल्लाका प्रहरी कार्यालय प्रमुखसहित प्रदेश प्रहरी कार्यालय मातहतका सबै निकायलाई भर्चुअल माध्यमबाट आवश्यक निर्देशन दिएका छन्। बैठकमा शान्ति सुरक्षा, प्रहरीका समसामयिक कामकारबाही तथा तिहार र छठ पर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीका विषयमा छलफल भएको छ। चाडपर्वका बेला हुन सक्ने शान्ति सुरक्षा ...
। संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ । बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठब बसेको थियो । उक्त बैठकमा आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, जलवायु कूटनीति तथा राष्ट्रिय हितका विषयमा छलफल भएको छ । छलफलमा समितिका सभापति गणेश पराजुलीले कोप सम्मेलनमा नेपालको सहभागिता ...
। संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ । बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठब बसेको थियो । उक्त बैठकमा आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, जलवायु कूटनीति तथा राष्ट्रिय हितका विषयमा छलफल भएको छ । छलफलमा समितिका सभापति गणेश पराजुलीले कोप सम्मेलनमा नेपालको सहभागिता ...