मुख्य समाचार
प्रदेशका १० वटै जिल्लाका प्रहरी कार्यालय प्रमुखसहित प्रदेश प्रहरी कार्यालय मातहतका सबै निकायलाई भर्चुअल माध्यमबाट आवश्यक निर्देशन
प्रदेशका १० वटै जिल्लाका प्रहरी कार्यालय प्रमुखसहित प्रदेश प्रहरी कार्यालय मातहतका सबै निकायलाई भर्चुअल माध्यमबाट आवश्यक निर्देशन

। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले प्रदेशका १० वटै जिल्लाका प्रहरी कार्यालय प्रमुखसहित प्रदेश प्रहरी कार्यालय मातहतका सबै निकायलाई भर्चुअल माध्यमबाट आवश्यक निर्देशन दिएका छन्।

बैठकमा शान्ति सुरक्षा, प्रहरीका समसामयिक कामकारबाही तथा तिहार र छठ पर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीका विषयमा छलफल भएको छ।

चाडपर्वका बेला हुन सक्ने शान्ति सुरक्षा उल्लङ्घनका घटना रोकथाम तथा नियन्त्रण, सुरक्षा व्यवस्थापन र उपलब्ध स्रोतसाधनको समुचित प्रयोगलगायतका विषयमा छलफल गर्दै आवश्यक निर्देशन दिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले जानकारी दिए।

बैठकमा जिल्लाहरूमा हालसम्म भएका कामकारबाहीको विवरण लिइएको थियो। साथै, आगामी दिनमा गर्नुपर्ने काम, सुरक्षा व्यवस्थापन र प्रहरी परिचालनका विषयमा समेत छलफल भएको राठौरले बताए।
चाडपर्वका समयमा नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन तथा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रहरीका कामकारबाही प्रभावकारी बनाउन निर्देशन दिइएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार एकैदिन उनीहरूलाई पक्राउ गरिएको हो । भजनी नगरपालिका–३ मरियाघाटबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित टीकापुर नगरपालिका–३ का १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक पक्राउ परेका छन् । उनीहरूलाई बुधबार दिउँसो भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गर्दा चेकजाँच गर्ने क्रममा पक्राउ ...
: अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ। २०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्‍न गर्नुपर्ने समयसीमा तोकिएको थियो। सडकखण्डको काम सम्पन्‍न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्‍न ...
। संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ । बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठब बसेको थियो । उक्त बैठकमा आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, जलवायु कूटनीति तथा राष्ट्रिय हितका विषयमा छलफल भएको छ । छलफलमा समितिका सभापति गणेश पराजुलीले कोप सम्मेलनमा नेपालको सहभागिता ...

: प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित रवि निवासमा चार घण्टा लामो राजनीतिक संवाद भएको छ। दुई नेताबीच बिहान १० बजेदेखि दिउँसो सवा २ बजेसम्म छलफल चलेको रास्वपाका एक पदाधिकारीले पुष्टि गरेका छन्। दुई शीर्ष नेताको संवाद लम्बिएपछि बुधबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक बिहीबारका लागि सारिएको छ। ‘सरकार ...