: नेपाल मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’कमजोर भएकाले नेपालमा तीव्र हावाहुरीको सम्भावना नरहेको जनाएको छ । चक्रवात अर्नब अहिले कमजोर भई ’बलियो न्यून चापीय क्षेत्र’को रूपमा रहेको विभागले जनाएको छ ।
नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले चक्रवात अर्नबको प्रभावका रुपमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेपनि अर्णव शक्तिशाली हुँदा जस्तो डरलाग्दो हावाहुरी चल्ने अवस्था नदेखिएको बताए ।
अरु क्षेत्रको तुलनामा पूर्वी क्षेत्रमा केही भारी वर्षा हुन सक्ने उनको भनाइ छ । यसको प्रभाव मुख्यतया बिहीबार/शुक्रबारदेखि शनिबारसम्म रहने अनुमान रहको उनले जानकारी दिए। पोखरेलले बिहीबार बेलुकादेखि हिमपात सुरु हुने भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने बताए।
जोखिमपूर्ण,पहिरो गइरहने वा कच्ची सडक क्षेत्रमा विचार गरेर मात्र यात्रा गर्नुपर्ने भएपनि राम्रा राजमार्गहरूमा डराउनुपर्ने स्थिति नरहेको उनको भनाइ छ ।