मुख्य समाचार
नेपालले कोप–३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने
नेपालले कोप–३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

: नेपालले कोप–३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने भएको छ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कोप–३१ मा नेपाल र भुटानले संयुक्त रूपमा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने जानकारी दिइन्। यसले जलवायु न्यायको लडाइँमा पर्वतीय क्षेत्रको आवाजलाई अझ बलियो बनाउने उनको भनाइ छ। मन्त्री चौधरीले हिमाल जोगाउनु भनेको तल्लो तटीय क्षेत्रका अर्बौँ मानिसको जीवन जोगाउनु भएको उल्लेख गरिन्।

उनले नेपालले कोप–३१ का लागि समावेशी एवम् सबै सरोकारवालाहरूलाई समेटेर 'कन्ट्री पोजिसन पेपर' तयार पारेको र भोटेकोशीलगायत जलवायु परिवर्तनका असर, सफलता र असफलताका अनुभवहरू प्रदर्शन गर्न नेपालले आफ्नै पेभेलियन राख्ने जानकारी पनि दिइन्।

जलवायु परिवर्तन कुनै एक मन्त्रालय वा एक तहको मात्र विषय नभएको उल्लेख गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्नेमा जोड दिइन्। जलवायु अनुकूलन सिंहदरबारबाट मात्र नभई वडा र समुदायस्तरबाट सुरु हुनुपर्ने मन्त्री चौधरीको टिप्पणी छ।

कोपमा नेपालको अडान जलवायु न्याय, पर्वतीय एजेन्डा, अनुकूलन, वित्तमा सहज पहुँच र हानि–नोक्सानी कोषको प्रभावकारी परिचालनमा स्पष्ट रहेको उनले बताइन्। ऐतिहासिक रूपमा बढी उत्सर्जन गर्ने र क्षमता भएका राष्ट्रहरूले क्षमताअनुसारको जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्यटक भिसा दुरुपयोग गरी क्रिश्चियन मिशनका लागि शिविर सञ्चालन गर्ने दस विदेशी पक्राउ परेका छन्। मोरङको कानेपोखरी गाउँपालिका-७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ब्राजिल, क्यानडा र अमेरिकाका नागरिक रहेका छन्। गृह मन्त्रालयका अनुसार ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गर्ने दस ...
: काभ्रेपलाञ्चोक प्रहरीले अवैध रूपमा काठमाडौं ल्याउँदै गरेको आतिसबाजी तथा पटाकासहित एक जनालाई पक्राउ गरेको छ। बुधबार धुलिखेल नगरपालिका–९, काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्ग सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा पटाका बरामद गरिएको डिएसपी रबिन बिष्टले जानकारी दिए। अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले आवतजावत गर्ने सवारीसाधन जाँच गर्ने क्रममा धनुषाको जनकपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–००९ ख ९२२४ ...
: सीमा सुरक्षालाई प्रभावकारी बनाउने तथा सीमापार अपराध नियन्त्रणलाई सुदृढ गर्ने उद्देश्यसहित नेपाल-भारत समन्वय बैठक सुरू भएको छ। सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय हलचोकमा १०औं नेपाल-भारत समन्वय बैठक सुरू भएको हो। बैठकमा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक सहभागी छन्। बैठकमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने, ...
। सल्यानको बागचौर नगरपालिका-१० माथिल्लो मोखोलामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। बिहीबार बिहान मोखोला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको हो। दुर्घटनामा छत्रेश्वरी गाउँपालिका-५ सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अटो चालक ३४ ...
: नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ । आयोजनाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार यही कात्तिक १५ गतेदेखि टोल शुल्क उठाउन लागेको हो । सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित ...