मुख्य समाचार
नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४ सय १० आरोहीले आरोहण अनुमति लिए
नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४ सय १० आरोहीले आरोहण अनुमति लिए

: शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४ सय १० आरोहीले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ। शरद् ऋतुमा हिमाल आरोहण गर्न १ सय ६१ टोलीले अनुमति लिएका हुन्।

पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीले ४४ हिमाल आरोहणका लागि १ हजार ६९ पुरुष र ३ सय ४१ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए। आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट ३१ करोड ८० लाख ५० हजार ७ सय ७८ रुपैयाँ रोयल्टी संकलन गरेको छ।

आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) का रहेका छन्। मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५ सय आरोहीले अनुमति लिएका छन्। जसमा ३ सय ७३ पुरुष र १ सय २७ महिला छन्। उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १ सय ८९ रुपैयाँ रोयल्टी संकलन गरेको छ।

धौलागिरि–१ आरोहणका लागि ६ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन्। उनीहरूबाट विभागले ८४ लाख ७३ हजार ६ सय ५० रुपैयाँ रोयल्टी संकलन गरेको छ। यस्तै, मकालु हिमाल आरोहणका लागि एउटा टोलीका तीन जनाले अनुमति लिएका छन्। उनीहरूबाट विभागले ६ लाख ८८ हजार ५० रुपैयाँ राजस्व संकलन गरेको शाखा अधिकृत रेग्मीले बताए।

यसैगरी, हिम्लुङ हिमालका लागि १२ टोलीका १ सय २१ आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट विभागले ७४ लाख २७ हजार ७ सय २० रुपैयाँ रोयल्टी संकलन गरेको छ। यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ३२ टोलीका ३ सय ८६ जनाले आरोहण अनुमति लिएका छन्। उनीहरूबाट विभागले ५ करोड ७६ लाख ९९ हजार ६ सय ५० रुपैयाँ राजस्व संकलन गरिएको छ।

शाखा अधिकृत रेग्मीका अनुसार पुथा हिउँचुली, डांगा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गंगापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल, पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको छ।आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १ सय ४१ जना छन्। यसबाहेक रुसका १ सय ८, फ्रान्सका १ सय ३०, अमेरिकाका १ सय १९, बेलायतका ९६, पोल्याण्डका ४१, नेपालका ३३, स्विट्जरल्यान्डका ४७, स्पेनका ३१, भारतका ४०, इटलीका ४७ र जापानका ३५ जनाले आरोहण अनुमति लिएका शाखा अधिकृत रेग्मीले बताए।

विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट २० लाख ८९ हजार ५ सय ८४ अमेरिकी डलर अर्थात् ३१ करोड ८० लाख ५० हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्यटक भिसा दुरुपयोग गरी क्रिश्चियन मिशनका लागि शिविर सञ्चालन गर्ने दस विदेशी पक्राउ परेका छन्। मोरङको कानेपोखरी गाउँपालिका-७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ब्राजिल, क्यानडा र अमेरिकाका नागरिक रहेका छन्। गृह मन्त्रालयका अनुसार ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गर्ने दस ...
: काभ्रेपलाञ्चोक प्रहरीले अवैध रूपमा काठमाडौं ल्याउँदै गरेको आतिसबाजी तथा पटाकासहित एक जनालाई पक्राउ गरेको छ। बुधबार धुलिखेल नगरपालिका–९, काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्ग सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा पटाका बरामद गरिएको डिएसपी रबिन बिष्टले जानकारी दिए। अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले आवतजावत गर्ने सवारीसाधन जाँच गर्ने क्रममा धनुषाको जनकपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–००९ ख ९२२४ ...
: सीमा सुरक्षालाई प्रभावकारी बनाउने तथा सीमापार अपराध नियन्त्रणलाई सुदृढ गर्ने उद्देश्यसहित नेपाल-भारत समन्वय बैठक सुरू भएको छ। सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय हलचोकमा १०औं नेपाल-भारत समन्वय बैठक सुरू भएको हो। बैठकमा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक सहभागी छन्। बैठकमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने, ...
। सल्यानको बागचौर नगरपालिका-१० माथिल्लो मोखोलामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। बिहीबार बिहान मोखोला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको हो। दुर्घटनामा छत्रेश्वरी गाउँपालिका-५ सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अटो चालक ३४ ...
: नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ । आयोजनाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार यही कात्तिक १५ गतेदेखि टोल शुल्क उठाउन लागेको हो । सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित ...