: सीमा सुरक्षालाई प्रभावकारी बनाउने तथा सीमापार अपराध नियन्त्रणलाई सुदृढ गर्ने उद्देश्यसहित नेपाल-भारत समन्वय बैठक सुरू भएको छ।
सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय हलचोकमा १०औं नेपाल-भारत समन्वय बैठक सुरू भएको हो। बैठकमा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक सहभागी छन्।
बैठकमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने, सीमा सुरक्षा तथा सीमापार अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने र सीमापार आवागमनलाई सुरक्षित तथा व्यवस्थित बनाउने विषयमा छलफल हुने जनाइएको छ।
त्यस्तै आपसी सूचना आदानप्रदान र समन्वय विस्तार गर्दै नेपाल-भारत सीमामा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्ने साझा प्रतिबद्धतासहित बैठक सुरू भएको सशस्त्र प्रहरी बलले जनाएको छ।