मुख्य समाचार
भलिबल खेल्न आएका एक युवा मुगुको खत्याड गाउँपालिका–८ स्थित बाघमारे भिरमा मृत अवस्थामा फेला
भलिबल खेल्न आएका एक युवा मुगुको खत्याड गाउँपालिका–८ स्थित बाघमारे भिरमा मृत अवस्थामा फेला

: बाजुराबाट भलिबल खेल्न आएका एक युवा मुगुको खत्याड गाउँपालिका–८ स्थित बाघमारे भिरमा मृत अवस्थामा फेला परेका छन्।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–५ का रैभान्य विकका २६ वर्षीय छोरा रनसुर विक शुक्रबार दिउँसो नुवाखेत नजिकैको बाघमारे भिरबाट करिब एक सय मिटर तल मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रबि राज थपलियाले दिनुभएको जानकारीअनुसार शुक्रबार दिउँसो करिब १:४० बजे विक मृत अवस्थामा फेला परेको खबर प्रहरीलाई प्राप्त भएको थियो। मृतकका जेठान पर्ने मनबहादुर लुहारले घटनाबारे इलाका प्रहरी कार्यालय रातापानीमा खबर गरेका थिए। खबर प्राप्त हुनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्धबहादुर बुढाको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।

आफन्तका अनुसार, विक कात्तिक ८ गते भलिबल खेल्न भन्दै बाजुरास्थित घरबाट मुगुको खत्याड गाउँपालिकाको रातापानी आएका थिए। उनी कात्तिक ९ गते रातापानीबाट आफ्नो घर फर्किएको बताइएको छ।

घर फर्किएका भनिएका विक चार दिनपछि बाघमारे भिरमुनि मृत अवस्थामा फेला परेका हुन्। उनको मृत्यु भिरबाट लडेर भएको हो वा अन्य कुनै कारणले, हालसम्म खुल्न सकेको छैन। घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब सात किलोमिटर पश्चिममा पर्छ।

प्रहरी टोली घटनास्थलतर्फ खटिएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मृत्युको वास्तविक कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक पूरा गरे । उनी ५१ ब्लमा ५८ रनमा अविजित रहे । उनले ३ चौका र ३ छक्का ...
: अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा जनही ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। ललितपुर जिल्ला अदालतले बुधबार उनीहरूलाई धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतले पक्राउ पुर्जी जारी गरे पनि लामो समय फरार रहेका उनीहरू बुधबार नै अदालतमा हाजिर भएका थिए। तर, ...
: नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। पोखराले दिएको १४६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १६.५ ओभरमा ४ विकेटको क्षतिमा १४८ रनसहित लक्ष्य पूरा गरेको हो। सुदूर पश्चिम ...
: अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि बन्द रहेको एन्फाको ताला खोलेका छन् । ठप्प रहेको फुटबल क्षेत्रलाई पुनः चलायनमान बनाउन भन्दै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यहरूले सातदोवाटोस्थीत एन्फाको ताला खोलेका हुन् । साथै उनीहरूले आगामी कार्तिक १३ गते एन्फा कार्यसमितिको बैठक बस्ने समेत जनाएका छन् । एन्फाको विधान अनुसार ...
। नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय सार्वजनिक भएका समाचारहरूको खण्डन गर्दै एनएसएलले मङ्गलबार (२७ अक्टोबर) एक प्रेस विज्ञप्तिमार्फत यस्तो दाबी गरेको हो। एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालमा मान्यता प्राप्त एक मात्र राष्ट्रव्यापी तथा शहरमा आधारित फुटबल ...