मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नपाएपछि पाकिस्तान फर्किन लागेका इफ्तिखार अहमदले नेपालप्रति आभार व्यक्त
नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नपाएपछि पाकिस्तान फर्किन लागेका इफ्तिखार अहमदले नेपालप्रति आभार व्यक्त

। नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नपाएपछि पाकिस्तान फर्किन लागेका इफ्तिखार अहमदले नेपालप्रति आभार व्यक्त गरेका छन्। जनकपुर बोल्ट्सका पाकिस्तानी खेलाडी इफ्तिखारले सामाजिक सञ्जालमार्फत नेपालमा पाएको आतिथ्यका लागि धन्यवाद दिएका हुन्।

उनले लेखेका छन्, ‘नेपाल, हामीलाई आतिथ्य प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद। यहाँ आउन पाउँदा निकै खुसी लाग्यो। इन्शाअल्लाह, फेरि छिट्टै भेटौँला।’

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएल खेल्न अनुमति नदिएपछि इफ्तिखार र हुनेन शाह पाकिस्तान फर्किन लागेका हुन्। जनकपुर बोल्ट्सले पीसीबीको जवाफका लागि अन्तिम समयसम्म प्रतीक्षा गरे पनि आधिकारिक अनुमति पाउन सकेन।

जनकपुरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरोज खतिवडाका अनुसार फ्रेन्चाइजले पीसीबीलाई इमेलमार्फत सम्पर्क गरेको थियो। तर, बोर्डबाट स्पष्ट जवाफ नआएपछि दुवै खेलाडीलाई नेपालमा राखिरहनुको औचित्य नरहेको उनले बताएका थिए।


पीसीबीले पाकिस्तानी खेलाडीलाई एनपीएल खेल्न अनुमति दिन २५ हजार अमेरिकी डलर मागेको विषय सार्वजनिक भएको थियो ।

पाकिस्तानी खेलाडीको अनुपस्थितिले जनकपुरको टोली सन्तुलन र रणनीतिमा समेत असर परेको खतिवडाले बताएका थिए। प्रतियोगिताको सुरुवात हुनुभन्दा केही दिनअघि मात्रै समस्या आएपछि टोलीले वैकल्पिक खेलाडीको व्यवस्था गर्नुपरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ३४.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान अयान मिसबाहले अविजित रहेर ७५ रन बनाए । यायिन राइले ३२ तथा अहमद खुदादले २४ रन ...
। १०औं राष्ट्रिय खेलकुदमा सूदूरपश्चिम प्रदेशबाट ७४४ खेलाडी सहभागी हुने भएका छन् । १०औं खेलकुदमा सूदुरपश्चिमले ३० खेलमा प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले जानकारी दिए । उनका अनुसार प्रदेश छनोट प्रतियोगिता कात्तिक २८ देखि मंसिर १ गतेसम्म हुनेछ । साइक्लिङ, टेनिस, पौडी, सेपाकताक्रो र हक्कीमा छनोटविनै खेलाडीहरुले १०औं खेल्नेछन् । बाँकी खेलमा भने छनोट ...
: आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिकाअनुसार घरेलु टोली नेपालले प्रतियोगिताको उद्घाटन खेलमा इटालीसँग प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म नेपालमा आयोजना हुँदैछ। जसमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपालले डिसेम्बर ४ मा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ...
: सन्धिखर्क नगरपालिकाको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। मंसिर १० गतेदेखि सञ्चालन हुने प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाका टिमले सहभागिता जनाउने भएका छन्। सन्धिखर्क नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले प्रतियोगिता अर्घाखाँचीमा हालसम्मकै सर्वाधिक पुरस्कार राशि भएको भलिबल प्रतियोगिताका रूपमा आयोजना गर्न लागिएको जानकारी दिएका छन्। प्रतियोगितामा प्रथम हुने ...
: नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १६औं खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ३९ रनको जित दर्ता गरेको छ। ४ अंक लिएर छैटौं स्थानमा रहेको सुदूरपश्चिम रोयल्स तेस्रो जितको साथमा ६ अंक लिएर दोस्रो स्थानमा उक्लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ६ विकेटको क्षतीमा १७६ रन बनाएको थियो। सूदूरपश्चिमले ...