मुख्य समाचार
समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने वा समाचार कक्षमा प्रवेश गरेर दबाब दिने कार्य पार्टीको नीति र सिद्धान्तविपरीत रहेको
समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने वा समाचार कक्षमा प्रवेश गरेर दबाब दिने कार्य पार्टीको नीति र सिद्धान्तविपरीत रहेको

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने वा समाचार कक्षमा प्रवेश गरेर दबाब दिने कार्य पार्टीको नीति र सिद्धान्तविपरीत रहेको बताएका छन्।

पत्रकारलाई समाचारकै विषयमा पक्राउ गर्ने वा सोधपुछका नाममा धरपकड गर्ने कार्य संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको समेत विपरीत हुने उनको भनाइ छ।

खरेलले नेपालको संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा ग्यारेन्टी गरेको उल्लेख गर्दै रास्वपा त्यसको पक्षमा स्पष्ट रहेको बताए।

उनले अनलाइनखबरसँग भने, ‘पत्रकारलाई कुनै पनि बहानामा समाचारकै आधारमा पक्राउ गर्नु चाहिँ त्यो पार्टीको हाम्रो नीतिमा पनि छैन, सिद्धान्तमा पनि छैन। नेपालको संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई जुन मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको छ, त्यसको स्पष्ट पक्षमा पार्टी छ।’

समाचार लेखेकै विषयमा समाचार कक्षमा प्रवेश गरेर दबाब दिने, प्रभाव पार्ने वा धरपकड गर्ने कार्य पार्टीको आधिकारिक लाइन नभएको उनले स्पष्ट पारे।

‘समाचार लेखेकै आधारमा, समाचारकै विषयमा समाचार कक्षमा गएर धरपकड गर्ने अथवा पक्राउ गर्ने अथवा सोधीखोजी गर्ने भन्ने कुराहरू पार्टीको नीति विपरीत छ। पार्टीको सिद्धान्तविपरीत छ। संविधानविपरीत छ। प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विपरीत छ भन्ने कुरामा पार्टी स्पष्ट छ,’ खरेलले भने।

यद्यपि, पछिल्लो समय सञ्चारकर्मी पक्राउ तथा धरपकडका विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विवरणबारे पार्टीले आन्तरिक रूपमा छलफल गरिरहेको उनले जानकारी दिए।

विशेष घटनामा के भएको हो, पत्रकारलाई किन पक्राउ गरियो र धरपकड गर्नुको कारण के थियो भन्ने विषयमा सबै विवरण नबुझी निष्कर्षमा पुग्न नसकिने उनको भनाइ छ।

‘सम्बन्धित केसमा किन लगियो, कसरी धरपकड गरियो, के कारणले गरियो भन्ने कुराहरू सञ्चारमाध्यममा आएकै आधारमा सबै कुरा भन्ने कुरा त भएन,’ उनले भने।

खरेलका अनुसार पार्टीले सम्बन्धित घटनाको वास्तविकता बुझेर छलफलपछि आधिकारिक धारणा सार्वजनिक गर्नेछ। तर, कुनै पनि पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने वा समाचारकै विषयमा धरपकड गर्ने कार्य स्वीकार्य नहुने विषयमा पार्टीको धारणा स्पष्ट रहेको उनले दोहोर्‍याए।

उनले संविधानले दिएको मौलिक अधिकारको रक्षा गर्न पार्टी प्रतिबद्ध रहेको पनि बताए।

आजै नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उता नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न सादा पोशाकमा खटिएका प्रहरीहरू पत्रिकाको कार्यालयमै प्रवेश गरेका छन् । उनीहरूले मैनालीलाई नलगी नजाने भन्दै त्यहीँ बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाहको चाहनाअनुसार जलवायु परिवर्तनका मुद्दामा राष्ट्रिय साझा धारणा निर्माण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व गराउने उद्देश्यले यस्तो तयारी गरेको हो । यसैक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार ...
। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि नीतिगत सुधार तथा कर सहुलियतको व्यवस्था गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार धारणा सार्वजनिक गर्दै उनले नेपाली युवाले निर्माण गरेका गेमले विश्व बजारमा ठूलो सफलता हासिल गरिरहेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीका अनुसार नेपालीले निर्माण गरेको विश्व चर्चित ...
। गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् । साथै, उनले निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीहरूलाई निर्देशन दिएको सचिवालयले जनाएको छ । शनिबार गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गुरुङले पुल निर्माणमा भएको ढिलाइबारे स्थानीयको गुनासो सुनेका थिए । पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले आवतजावतमा समस्या भोग्नुपरेको गुनासो ...
। डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् । घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको छ । घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने प्रहरीले बताएको छ ...
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीलेले सर्वोच्च अदालतका न्यायाधीशबारे प्रश्न उठेपछि महाभियोगतर्फ जानुपर्ने बताएका छन् । विवादास्पद विचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध र म्यासेज आदानप्रदान भएको विषय बाहिरिएपछि सार्वजनिक रुपमै प्रश्न उठेको छ । यसबारे सांसद खत्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीको प्रतिनिधि हुँ भन्ने दाबी पुष्टि नभएको व्यक्तिसँग श्रीमानहरूले किन सम्पर्क ...