मुख्य समाचार
अमेरिकाले युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति
अमेरिकाले युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति

। अमेरिकाले युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसले युक्रेनमाथि हवाई आक्रमण तीव्र पारिरहेका बेला अमेरिकी सरकारले अत्यावश्यक मानिएको प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अनुमति दिएको हो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्र बिक्रीको मूल्य २ अर्ब १० करोड अमेरिकी डलर हुनेछ । उक्त खरिदका लागि आवश्यक रकम युरोपेली देश र क्यानडाले उपलब्ध गराउनेछन् । यसमा अमेरिकी सरकारको कुनै रकम खर्च नहुने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका अनुसार क्यानडा, जर्मनी र नर्वेले ‘जम्पस्टार्ट’ कार्यक्रममार्फत उपलब्ध गराउने सहयोग तथा युरोपेली संघको युक्रेन सहायता ऋणबाट प्राप्त रकम प्रयोग गरेर युक्रेनले क्षेप्यास्त्र खरिद गर्नेछ । यसको मुख्य आपूर्तिकर्ता अमेरिकी कम्पनी लकहिड मार्टिन हुनेछ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति अमेरिकालाई प्याट्रियट क्षेप्यास्त्र युक्रेनमा छिटो पठाउन आग्रह गरेका थिए । यद्यपि क्षेप्यास्त्र आपूर्ति हुन ‘केही वर्ष’ लाग्न सक्ने अनुमान गरिएको छ ।

प्याट्रियट प्रणालीलाई रुसी ब्यालेस्टिक क्षेप्यास्त्र खसाल्न प्रभावकारी मानिन्छ । रुसले पछिल्लो समय युक्रेनका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र बनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रस्तावित बिक्रीले युरोपको राजनीतिक तथा आर्थिक स्थायित्वमा योगदान पुर्‍याउने साझेदार मुलुक युक्रेनको सुरक्षा मजबुत बनाउने उल्लेख छ ।

ट्रम्प–जेलेन्स्की सम्बन्धमा तनाव देखिएका बेला क्षेप्यास्त्र बिक्रीको स्वीकृति

क्षेप्यास्त्र बिक्रीको स्वीकृति यस्तो समयमा आएको छ, जतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच सम्बन्धमा तनाव देखिएको थियो ।

यसै महिनाको सुरुमा रुसबाट डिजेल आपूर्ति सुनिश्चित गर्ने सम्झौताको हिस्साका रूपमा अमेरिकाले रुसमाथिका केही प्रतिबन्ध खुकुलो पारेपछि जेलेन्स्कीले असन्तुष्टि जनाएका थिए ।

ट्रम्पले रुससँग युद्ध अन्त्य गर्ने सम्झौताका लागि युक्रेनलाई नयाँ नेतृत्व आवश्यक रहेको अभिव्यक्तिसमेत दिएका थिए ।

तर, अक्टोबर २० मा नर्वेको ओस्लोमा जेलेन्स्कीले अमेरिकी प्रतिनिधिहरूसँग वार्ता गरेपछि दुई देशबीचको तनाव केही मत्थर भएको थियो ।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो । त्यसअघि नै रुसले सन् २०१४ मा क्रिमिया र पूर्वी युक्रेनको डोनबास क्षेत्रका केही भूभाग नियन्त्रणमा लिइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा भएको ठूलो साइबर आक्रमणमा ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको छ । बाइनान्सले चोरी भएको रकममध्ये करिब ३ अर्ब डलर सुरक्षित गर्न सफल भएको जनाएको छ । कम्पनीका अनुसार बाँकी रकम अझै अज्ञात ह्याकरहरूको नियन्त्रणमा रहेको छ । सुरुमा एक इन्जिनियरको ल्यापटप ह्याक गरी ...
: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार टर्कीको भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग रुस–युक्रेन युद्ध र ब्ल्याक सी क्षेत्रको सुरक्षा अवस्थाबारे छलफल गर्ने कार्यक्रम रहेको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ। टर्कीको राष्ट्रपतिको कार्यालयका सञ्चार निर्देशक बुर्हानेत्तिन दुरानले सामाजिक सञ्जाल एक्समार्फत इस्तानबुलमा हुने भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सहकार्य विस्तारका उपायबारे पनि ...
: पोल्यान्डको संवैधानिक अदालतमा सरकार र अदालतका वरिष्ठ न्यायाधीशबीच विवाद चर्किएपछि दंगा प्रहरी परिचालन गरिएको छ । प्रधानमन्त्री डोनाल्ड टस्क नेतृत्वको सरकार र पूर्ववर्ती दक्षिणपन्थी ल एन्ड जस्टिस (PiS) पार्टीबीच अदालतको नियन्त्रण तथा न्यायिक नियुक्तिको विषयलाई लिएर विवाद बढेको हो । न्यायमन्त्री वाल्डेमार जुरेकले संवैधानिक अदालतका अध्यक्ष बोग्दान स्वेन्चकोव्स्की र उपाध्यक्ष बार्तलोमिए सोचान्स्कीमाथि अभियोजन अघि बढाउन उनीहरूको ...
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...