— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही नभएको स्पष्ट पारेका छन् । संविधान र लोकतन्त्रभन्दा बाहिरको बाटो नजानका लागि सरकारलाई पार्टीले निर्देशन दिएको उनले बताए ।
रास्वपा सचिवालयको शनिबारको बैठकपछि सभापति लामिछानेले संविधानभन्दा माथि गएर गतिविधि गर्ने सजायको भागीदार हुनुपर्ने स्पष्ट पारेको बताए । 'अहिले बैठक बसेर स्पष्टसँग भनेका छौं, एउटा कुरा के स्पष्ट पार्छु भने संविधानभन्दा माथि र डेमोक्रेशीभन्दा ठूलो केही छैन, कोही छैन । रास्वपा यसमा स्पष्ट छ, रवि लामिछाने यो कुरामा स्पष्ट छ । यसमा कहिले पनि द्वविधा गरिरहनु पर्दैन,' सभापति लामिछानेले भने, 'संविधानभन्दा माथि कोही पनि छैन, यसमा आँच आउने कुनै पनि क्रियाकलाप जोकोहीले पनि गरेको छ भने सजायको भागीदार हुनुपर्नेछ, त्यसलेजिम्मेवारी लिनुपर्नेछ ।'
संविधानलाई नै बेवास्ता गर्ने काम गरेको छ भने कारबाही हुने सभापति लामिछानेको भनाइ छ । संविधानप्रदत्त अधिकार हनन हुने काम जोसुकैले गरेको भएपनि कारबाही हुने उनले बताए ।