मुख्य समाचार
नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको आठौं खेलमा सुदूरपश्चिम रोयल्स विराटनगर किंग्ससँग ३५ रनले पराजित
नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको आठौं खेलमा सुदूरपश्चिम रोयल्स विराटनगर किंग्ससँग ३५ रनले पराजित

: नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको आठौं खेलमा सुदूरपश्चिम रोयल्स विराटनगर किंग्ससँग ३५ रनले पराजित भएको छ।

किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा निकै ढिलो गरि सुरु भएको खेलमा टस हारेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित ५ ओभरमा १०५ रन बनाएको थियो।

विराटनगरले दिएको १०६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले निर्धारित ५ ओभरमा ३ विकेट गुमाउँदै ७० रन मात्रै जोड्न सक्यो। सुदूरपश्चिम रोयल्सको लागि स्कट केग्गुलिनले सर्वाधिक २८ रन बनाउँदै अविजित रहे।




उनले ६ बलमा १ चौका र ४ छक्का प्रहार गरे। आन्द्रे रसेलले पहिलो बलमा नै विकेट लिए। सेर्फान रुथरफोर्ड आन्द्रे रसेलको बलमा गोल्डेन डक भएका हुन्। दोस्रो विकेटको रुपमा कप्तान दिपेन्द्र सिंह ऐरी १ रनमा क्याच भए।

तेस्रो विकेट ओपनर सैफ जैबको विकेट गयो। सैफ जैबले सर्वाधिक १७ रन बनाए। उनले १० बलमा २ चौका प्रहार गरे। आरिफ शेख १७ रनमा अविजित रहे। विराटनगर किंग्सका लागि बलिङतर्फ आन्द्रे रसेल, एन्जेलो म्याथ्यूस र रुपेश सिंहले १–१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको विराटनगर किंग्सको लागि ओपनर सेहान जयसुरियाले सर्वाधिक ३९ रन बनाए। उनले ११ बलमा २ चौका र ५ छक्कासहित ३९ रन बनाए। पहिलो ओभरमा सेहान जयसुरियामा ५ छक्का प्रहार गरे। पहिलो ओभरमा सुदूरपश्चिम रोयल्सका बलर पहिलो ओभरमा ३५ रन खर्चिए। १.२ ओभरमा विराटनगर किंग्सले ५२ रन बनाएको थियो।

१.५ ओभरको पावरप्ले रह्यो। पावरप्लेमा विराटनगर किंग्सले बीना कुनै विकेटको क्षती ५३ रन बनाएको थियो। २ ओभरमा बिना कुनै विकेट ६० रन बनाएको थियो। विराटनगरले पहिलो विकेटको रुपमा सेहान जयसुरियाको विकेट गुमायो। पहिलो विकेटको लािग सेहान र लोकेशले ६८ रनको साझेदारी बनाएका थिए । लोकेश बम अन्तिम बलमा २५ रन बनाउँदै क्याच भए।

आन्द्रे रसेल २९ रनमा अविजित रहे। सुदूरपश्चिम रोयल्सका लागि दुवै विकेट अभिनाश बोहोराले लिए। सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स दुवैको यो तेस्रो खेल थियो। सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएकोे थियो। विराटनगर किंग्सले भने यसअघिको दुवै खेल हारेको थियो।

पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले हारेको विराटनगर दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेटले पराजित भएको हो। आजको पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजले वर्षाको कारण १-१ अंक बाँडेका हुन्। आइतबार एक खेल मात्रै रहेको छ। आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सको खेल रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द गरिएको छ । लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए । उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै ...
। नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नपाएपछि पाकिस्तान फर्किन लागेका इफ्तिखार अहमदले नेपालप्रति आभार व्यक्त गरेका छन्। जनकपुर बोल्ट्सका पाकिस्तानी खेलाडी इफ्तिखारले सामाजिक सञ्जालमार्फत नेपालमा पाएको आतिथ्यका लागि धन्यवाद दिएका हुन्। उनले लेखेका छन्, ‘नेपाल, हामीलाई आतिथ्य प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद। यहाँ आउन पाउँदा निकै खुसी लाग्यो। इन्शाअल्लाह, फेरि छिट्टै भेटौँला।’ पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले ...
। उपत्यकामा दुई दिनदेखि जारी वर्षा रोकिएको छ । वर्षा रोकिएर घाम लागेसँगै भिजेको त्रिवि क्रिकेट मैदान सुकाउन थालिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच आज ५ बजेदेखिका लागि खेल तोकिएको छ । यद्यपि खेल हुने वा नहुने निश्चित भइसकेको छैन । यसअघि आज दिउँसो १२ बजेका लागि ...
: बाजुराबाट भलिबल खेल्न आएका एक युवा मुगुको खत्याड गाउँपालिका–८ स्थित बाघमारे भिरमा मृत अवस्थामा फेला परेका छन्। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–५ का रैभान्य विकका २६ वर्षीय छोरा रनसुर विक शुक्रबार दिउँसो नुवाखेत नजिकैको बाघमारे भिरबाट करिब एक सय मिटर तल मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रबि राज थपलियाले दिनुभएको ...
। जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक पूरा गरे । उनी ५१ ब्लमा ५८ रनमा अविजित रहे । उनले ३ चौका र ३ छक्का ...