मुख्य समाचार
विपक्षी दलहरूको बैठकले तत्काल संघीय संसद्को बैठक बोलाउन आह्वान गर्ने निर्णय
विपक्षी दलहरूको बैठकले तत्काल संघीय संसद्को बैठक बोलाउन आह्वान गर्ने निर्णय

: विपक्षी दलहरूको बैठकले तत्काल संघीय संसद्को बैठक बोलाउन आह्वान गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारस्थित नेपाली कांग्रे संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग सम्बन्धित कुरा, न्यायालय र प्रहरीमाथि उठेका प्रश्न तथा पत्रकारहरूमाथि भएको धरपकड लगायतका विषयमा छलफल भएको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए। उनका अनुसार, पछिल्लो समय सार्वजनिक सम्पूर्ण विषयको समाधान संसद्बाटै खोज्न सकिने निष्कर्ष बैठकले निकालेको छ।

त्यस्तै, सरकारले हरेक कुरा अध्यादेशमार्फत मात्र चलाउन खोजेकाले पनि संसद् अपरिहार्य बनेको आङ्देम्बेको भनाइ छ। सरकारका पछिल्ला गतिविधिले संसद्को गरिमामाथि नै प्रश्न उठाएको उनले बताए।

त्यस्तै, बैठकले गम्भीर र संवेदनशील विषयहरूको उचित टुङ्गो लगाउन प्रतिपक्ष दलका नेताहरूबीच बैठक बसेर साझा धारणा तयार पार्ने र देश तथा जनताको हितका लागि सधैं सहकार्य गर्ने निर्णय भएको उनले बताए।

उनले महाअभियोगबारे रास्वपा स्पष्ट नभएको भन्दै रास्वपाले यस बिषयलाई उठान गरेमा बिपक्षी दलले आवश्यक धारणा बनाउने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री बालेन्द्र शाहले उम्किने सपना देख्नेहरूलाई कडा चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिएका हुन्। 'सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,' उनले भनेका छन्। प्रधानमन्त्री शाहले कोप्रति लक्षित गर्दै स्टाट्स लेखे भन्ने कुरा खुलाएका छैनन्। प्रधानमन्त्रीको स्टाटसमा उनका प्रमुख सल्लाहकार कुमार बेनले 'सही समय भनेको शनिबार ...
: शरद ऋतुको यो सिजनमा नेपालका पदमार्ग र हिमालका बेसक्याम्प आरोहीले भरिभराउ छन्। मनास्लु, आमादब्लम र हिमलुङजस्ता चुचुराहरू चढ्न संसारभरका १ हजार ४ सय बढी पर्वतारोहीले पर्यटन विभागबाट अनुमति लिइसकेका छन्। धेरै चुली र डाँडाहरू चढ्न पदयात्रीहरू तम्तयार छन्। केही दिनको झरी र हिमपातपछि खुलेको मौसमले उनीहरू उत्साहित छन्। तर, सोलुखुम्बु र रामेछापको सिमानामा आकाशतिर फर्किएर ...
: नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ। नेपालमा विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने गरी काम अघि बढाइएको ई. विनितमणि उपाध्यायले जानकारी दिए। उनका अनुसार निगमले कात्तिक १२ गते सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत ...
: नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ। नेपाल सरकारको आपूर्ति मन्त्रालयको सहयोगमा आयोजना हुन लागेको मेलामा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ सहआयोजकका रूपमा रहनेछन्। आयोजकका अनुसार मेला आगामी २०८३ मंसिर १७ गतेदेखि २१ गतेसम्म पाँच दिन ...
: जिल्ला प्रशासन कार्यालय भक्तपुरले बाहिरी जिल्लाको पहिलो नागरिकता प्रतिलिपी जारी गरेको छ। नागरिकताको प्रतिलिपी लिन आएका ओखलढुंगाका सेवाग्राही कपिल भट्टराईलाई सोमबार प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले प्रतिलिपी हस्तान्तरण गरेका छन्। नेपाल नागरिकता (पाचौं संशोधन) नियमावली २०८३ को नियम १६(घ) बमोजिम अन्य जिल्लाबाट समेत नागरिकता प्रतिलिपी लिने ब्यवस्था भएको र गृह मन्त्रालयको २०८३ कात्तिक ९ गतेको ...