मुख्य समाचार
मुख्य पर्यटनको सिजनका बेला मनास्लु क्षेत्र ४ दिनदेखि सञ्चार सम्पर्कविहीन
मुख्य पर्यटनको सिजनका बेला मनास्लु क्षेत्र ४ दिनदेखि सञ्चार सम्पर्कविहीन

: मुख्य पर्यटनको सिजनका बेला मनास्लु क्षेत्र ४ दिनदेखि सञ्चार सम्पर्कविहीन भएको छ। मनास्लु क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१, २, ४ र ५ का दर्जनौं गाउँबस्तीमा गत बिहीबारदेखि मोबाइल तथा फोरजी सेवा ठप्प रहेको त्यहाँका बासिन्दाले बताएका छन्।

मोबाइल तथा इन्टरनेट चलाउन नपाउँदा स्थानीयवासी तथा भ्रमणका क्रममा त्यहाँ पुगेका विदेशी पर्यटकलाई समस्या भएको छ। ‘जटिल भौगोलिक अवस्था रहेको हिमाली भेगमा स्थानीयवासी पनि बिरामी वा घाइते हुनसक्छन्, विदेशीहरू पनि बिरामी भएर तत्काल हवाई उद्धार गर्नुपर्ने हुनसक्छ’, वडा नं. १ का वडाअध्यक्ष कर्मा छेवाङ लामाले भने, ‘चारदिन भयो, मोबाइल पनि चलेको छैन, फोरजी पनि चलेको छैन। मोटरबाटो पनि नपुगेको ठाउँमा सञ्चार सम्पर्क पनि नचल्दा जनजीवन धेरै कष्टकर भएको छ।’

बुढीगण्डकी बाढीले लामो समयसम्म पदमार्ग बन्द भएको सो क्षेत्रमा जाने बाटो केही दिनअघिमात्र सुचारु भएको थियो। अहिले मोबाइल तथा फोरजी इन्टरनेट सेवा नचलेको स्थानीय दावा नुर्बु लामाले जानकारी दिए। ‘बाढी पहिरो, हिमपहिरो, हिमताल विस्फोटको जोखिमले समस्यामा रहेको हाम्रो गाउँ ठाउँका बारेमा देश, विदेशमा रहेका आफन्तले चासो लिइरहनुहुन्छ। सञ्चार सम्पर्क नहुँदा उहाँहरूलाई पनि समस्या भएको छ।’


चारवटा वडा सञ्चार सम्पर्कविहीन हुँदा त्यहाँ कार्यरत सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरूलाई पनि कार्यसम्पादनमा समस्या भएको छ। वडा नं. ५ धोर्जुङ डाँडास्थित टावरमा समस्या आएका कारण त्यसभन्दा माथिका सबै टावरले काम नगरेको नेपाल टेलिकम गोरखा कार्यालयका प्रमुख सूर्यप्रसाद पाण्डेले जानकारी दिए। ‘त्यो टावर रेखदेख गर्ने स्थानीय एक जनालाई हेर्न पठाएका छौं। भोलि त्यहाँ पुगेर के रिपोर्ट गर्नुहुन्छ, त्यहीअनुसार मर्मत गर्ने टोली पठाउनुपर्ला’, उनले भने, ‘धोर्जुङडाँडा धेरै टाढा रहेकाले हेलिकप्टरबाट जानुपर्छ। सबै व्यवस्थापन मिलाउन केही
समय लाग्ला।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको छ। मौसम पूर्वानुमान महाशाखाले माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने जनाएको छ । आइतबार दिउँसो देशभर आंशिक बादल लाग्नेछ। महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी ...
। अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्ना करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाश (भोलिन्टरी बाइआउट) को प्रस्ताव गरेको छ । कम्पनीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा ठूलो लगानी गर्न आवश्यक स्रोत जुटाउने र सञ्चालन खर्च नियन्त्रण गर्ने उद्देश्यले सोमबार स्वेच्छिक अवकाशको प्रस्ताव ल्याएको हो । माइक्रोसफ्टले क्यानडा, भारत, बेलायत र अमेरिकामा रहेका कर्मचारीलाई यो सुविधा उपलब्ध गराउने जनाएको छ ...
। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईएसपीएएन) ले अब सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नगराउने घोषणा गरेको छ । संघ अध्यक्ष सुधीर पराजुलीका नामबाट आइतबार जारी विज्ञप्ति अनुसार इन्टरनेट सेवा प्रदायकले १९ असोज सोमबारदेखि लागु हुने गरी सुपथ मूल्य र कम स्पिडका इन्टनेट प्याकेज उपलब्ध नगराइने उल्लेख छ । विगतका वर्षहरूका मूल्यवृद्धि, मध्यपूर्वको ...
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...