: भारी हिमपातका कारण शे-फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सोमबार बिहान ६ जना पर्यटकलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको हो।
null
डोल्पा प्रहरीका अनुसार शे-फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका भारतीय छ पर्यटकहरू केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए । उनीहरूको आज सकुशल उद्दार भएको हो।
null
फसेका पर्यटकहरूमा भारतीय पर्यटकहरूमा मौमिता हल्दर,पियाली कोले,जजला त्रिवेद कुमार,आदित्य सिंह,दिपलिना विश्वास र राजेश दे रहेका छन् ।
विशेषगरी शे–फोक्सुण्डो क्षेत्र प्राकृतिक सौन्दर्यका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहे पनि प्रतिकूल मौसमले पर्यटकीय गतिविधिमा जोखिम बढाएको छ।
null
जिल्ला प्रशासन कार्यालय डोल्पाले मौसममा आएको प्रतिकूलताका कारण थप जोखिम निम्तिन सक्ने भन्दै जिल्लावासी,पर्यटक तथा पदयात्रामा निस्किएका व्यक्तिलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै आएको छ।
प्रशासनले मौसमको अवस्था नबुझी उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न,सुरक्षित स्थानमा बस्न तथा कुनै समस्या परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेको छ।