मुख्य समाचार
गाँजा तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर ५ जनालाई पक्राउ
गाँजा तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर ५ जनालाई पक्राउ

: धरानमा प्रतिबन्धित लागू औषध गाँजा तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर ५ जनालाई पक्राउ गरेको छ।सप्तरी डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, सप्तरी राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्त मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत विशुङ्खेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी भीषणबाबू राईले जानकारी दिए।

सोमबार बिहान करिब ३ बजे धरान उपमहानगरपालिका–२० च्यानडाँडास्थित क्षेत्रमा गाँजा लोड भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोली घटनास्थल पुग्दा बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको अवस्थामा फेला पारेको थियो। प्रहरीका अनुसार उक्त गाडीमा ८ पोका गाँजा लोड गरिएको र प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ।

राईका अनुसार प्रहरीले उनीहरूको साथबाट २१० किलो गाँजा र तस्करीमा प्रयोग गरिएका दुईवटा स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार रामसागर यादव र राजकुमार शाहले स्कार्पियो गाडी चलाइरहेका थिए। बा १ च ५०३८ नम्बरको गाडी यादव र को १ च ८१८२ नम्बरको गाडी शाहले चलाएका थिए।

डीएसपी राईले पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याएर थप अनुसन्धान भइरहेको जानकारी दिए। गाँजा तस्करीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा कारोबारको सञ्जालबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित लागुऔषध खैरो हेरोइन र ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार मध्यपुरथिमि नगरपालिका-२ स्थित दिव्यश्वरी प्लानिङ क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपककुमार कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा कपिलवस्तुका वसन्तबहादुर खत्री रहेका छन् । उनको साथबाट ४२ दशमलव ८४ ग्राम खैरो ...
: चिकित्सा शिक्षा क्षेत्रको सुधार र विगतका सम्झौताहरू कार्यान्वयनको माग राख्दै इलाममा २५औँ आमरण अनसन (सत्याग्रह) मा बसेका वरिष्ठ चिकित्सक प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चौथोै दिनमा निकै नाजुक बनेको छ। स्वास्थ्यमा गम्भीर र जीवन जोखिमपूर्ण जटिलताहरू देखिएपछि उनलाई शनिबार जिल्ला अस्पताल इलामको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । जिल्ला अस्पताल इलामका निमित्त मेडिकल ...
: नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अलोकतान्त्रिक भएको आरोप लगाएका छन्। महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले पत्रकारमाथि प्रहरी लगाएर धरपकड गर्नु गलत भएको टिप्पणी गरेका हुन्। प्रचण्डले आम जनताले पनि सरकारको कार्यशैली बुझ्न थालेको र बौद्धिक समुदायले सरकारप्रतिको धारणा स्पष्ट पारिसकेको बताए। उनले भने, ‘आम जनताले महसुस गर्न थालिसके। बौद्धिक समुदाय त स्पष्ट ...
: प्रधानमन्त्री बालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले सम्पूर्ण स्थानीय तहबाट आगामी एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रुपमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी दिए। रास्वपाका वरिष्ठ नेतासमेत रहेका बालेनले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेकै राज्य ...
: भारी हिमपातका कारण शे-फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सोमबार बिहान ६ जना पर्यटकलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको हो। null डोल्पा प्रहरीका अनुसार शे-फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका भारतीय छ पर्यटकहरू केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए ...