मुख्य समाचार
पुनर्स्थापनाको माग गर्दै नुवाकोटका बाढीप्रभावितहरूले गरे प्रदर्शन
पुनर्स्थापनाको माग गर्दै नुवाकोटका बाढीप्रभावितहरूले गरे प्रदर्शन

: भोटेकोशीमा बाढी आएको दुई महिना बितिसक्दा पनि पुनर्स्थापनाको प्रक्रिया सुरु नभएको भन्दै नुवाकोटका बाढीप्रभावितहरूले प्रदर्शन गरेका छन्।

सोमबार भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समितिले ‘विस्थापित पीडितहरूलाई राहत होइन, पुनर्वास हुनुपर्ने’ मागसहित सङ्घर्षका कार्यक्रम सुरु गरेको हो। समितिले विस्थापितहरूको बाँच्ने आधारको सुनिश्चिततालगायत ६ बुँदे सामूहिक माग अगाडि सारेको छ। विदुरस्थित इलम प्रशिक्षण केन्द्रबाट निस्किएको बाढीपीडितहरूको जुलुसले जिल्ला प्रशासन कार्यालय नुवाकोट, जिल्ला समन्वय समिति र विदुर नगरपालिकामा मागसहितको ज्ञापनपत्र बुझाएको छ। सरोकार समितिले विदुरमा शान्तिपूर्ण रूपमा जुलुस र धर्ना आयोजना गरेको थियो।

प्रलयकारी बाढीले विध्वंस मच्चाएको सोमबार ६८ दिन बितेको छ। बाढीमा परेर धेरैले परिवारका सदस्य, घरबार तथा खेतबारी गुमाएका छन्। केही गैरसरकारी संस्थाहरूले खाद्यान्न र त्रिपाल दिएको भए पनि सरकारी निकायले ६८ दिनसम्म केही नगरेको भन्दै पीडितहरू आक्रोशित भएका हुन्। सरकारले प्रतिपरिवार प्रतिमहिना भाडाबापत १५ हजार रुपैयाँ दिने भने पनि अहिलेसम्म नपाएको गुनासो बाढीपीडितहरूले गरिरहेका छन्। पुनर्स्थापनाकै पहल नभएका कारण सङ्घर्ष सुरु गर्नुपरेको समितिका संयोजक सूर्यबहादुर कँडेलले बताए।




तीनै तहका सरकारलाई दबाबमूलक कार्यक्रम सञ्चालन गरेर बाढीपीडितहरूको पुनर्स्थापना गराइने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सडकको खाल्डाखुल्डीका कारण मोरङको सुनवर्षीमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ सुनवर्षी नगरपालिका–६ कुडेलीस्थित भित्री सडकमा मोटरसाइकल र साइकल ठोक्किँदा मोटरसाइकल चालक ५० वर्षीय इन्द्रलाल साहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चैताबाट कुडेलीतर्फ आउँदै गरेको को ३६ प ९४५८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको साइकलसँग ठोक्किएको ...
: नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अध्यावधिकका लागि निर्वाचन आयोगमा पेस गरेको छ। सोमबार महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको अध्यावधिक विवरण बुझाएको हो। महामन्त्री पौडेलले कांग्रेसको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, ...
: फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ। आज बिहान ८:१२ बजे एयर डाइनेस्टीको 9N-AOD कलसाइन भएको हेलिकप्टर र फिष्टेल एयरको 9N-AJR कलसाइन भएको हेलिकप्टर एकापसमा ठोक्किँदा फिस्टेल एयरमा सवार दुई विदेशी नागरिकमध्ये भारतीय नागरिकको मृत्यु भएको हो। उक्त हेलिकोप्टरमा सवार न्यूजिल्याण्डका नागरिक भने घाइते भएका छन्। घाइतेको उपचारका ...
: मध्यपुर थिमि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले नियन्त्रणमा लिएको छ। उनका भाइ नाता पर्ने भुवन ढुङ्गेल सवार इभी कारबाट शंकास्पद नगद बरामद भएपछि घिमिरे कार्यालयबाटै पक्राउ परेका छन्। सोमबार अपराह्न मध्यपुर थिमि नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१-०३५ च २६८७ नम्बरको टाटा इभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिक ...
: फेरिचे हेलिप्याडमा दुर्घटना भएका दुवै हेलिकोप्टरका पाइलट सुरक्षित रहेका छन्। आज बिहान सोलुखुम्बुको सगरमाथा बेसक्याप्स नजिकै फेरिचे हेलिप्याडमा अवतरणकाक्रममा एयर डाइनेस्टीको हेलिकप्टर र फिष्टेल एयरको हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै पाइलट सुरक्षित रहेको प्रहरीले जनाएको छ। एयर डाइनेस्टीको 9N-AOD कलसाइन भएको हेलिकप्टर क्याप्टेन प्रज्वल केसीले उडाएका थिए भने फिष्टेल एयरको 9N-AJR कलसाइन भएको हेलिकप्टर ...