मुख्य समाचार
नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अध्यावधिकका लागि निर्वाचन आयोगमा पेस
नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अध्यावधिकका लागि निर्वाचन आयोगमा पेस

: नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अध्यावधिकका लागि निर्वाचन आयोगमा पेस गरेको छ।

सोमबार महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको अध्यावधिक विवरण बुझाएको हो। महामन्त्री पौडेलले कांग्रेसको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णयहरू बुझाएका थिए।

आयोगमा अध्यावधिक विवरण बुझाएपछि महामन्त्री पौडेलले पुरानो केन्द्रीय कार्यसमिति परिवर्तन भइसकेकाले पार्टीको विधान र दफा ५१ को व्यवस्थाअनुसार नयाँ निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगमा अध्यावधिक गराइएको जानकारी दिए। उनले कांग्रेसलाई समेत जोडेर हाल उठाइएका विभिन्न विषयहरू र सरकारसँग जोडिएका प्रश्नहरूलाई गहिराइमा पुगेर छानबिन गर्नुपर्ने र सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए।

उनले कांग्रेसले सधैँ लोकतन्त्रको रक्षा गर्दै आएको र विधि, संस्थागत पद्धति तथा कानुनी शासनको पालना गर्ने पार्टी भएको धारणा राखे। सरकार ढाल्ने वा निर्वाचित सरकारलाई असहयोग गर्ने उद्देश्य नरहेको स्पष्ट पार्दै उनले राम्रा कामलाई समर्थन गर्ने र गलत विषयमा प्रश्न उठाउने नीति लिइएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्वतमा नर्समाथि हातपात गरेको आरोपमा एक बिरामी कुरुवा पक्राउ परेका छन्। कुश्मास्थित प्रदेश अस्पतालमा कार्यरत नर्समाथि हातपात गरेको आरोपमा कुश्मा नगरपालिका–२, खुर्कोटका २७ वर्षीय दीपक शर्मा पक्राउ परेका हुन्। अस्पतालको अन्तरंग शाखामा कात्तिक १५ गते राति बिरामी कुरुवाको रूपमा रहेका शर्माले मादक पदार्थ सेवन गरी अस्वाभाविक हर्कत देखाएका थिए। त्यसक्रममा डिउटीमा खटिएकी २२ वर्षीया एक ...
: संंघीयता कार्यान्वयन भएको झन्डै एक दशक बितिसक्दा पनि प्रदेश सरकारहरू अधिकार, स्रोत र साधनका लागि संघीय सरकारसँग संघर्ष गर्नुपर्ने अवस्थामा छन्। संविधानले प्रदेशलाई दिएका अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको, संघीय सरकारले बजेट तथा अनुदानमा नियन्त्रण कायम राखेको र प्रदेशलाई जिम्मेवारीअनुसार स्रोत उपलब्ध नगराएको भन्दै सातै प्रदेशका आर्थिक मामिला हेर्ने मन्त्रीहरू एकै ठाउँमा उभिएका ...
: सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ। मुख्यसचिवको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले सरकारी कार्ययोजनाको विस्तृत कार्यान्वयन योजना तयार गरी समयबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो। बैठकले महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु फर्छ्योट तथा न्यूनीकरणका लागि कार्ययोजना बनाउन, उपभोक्ता ठगी, ...
अपिहिमाल अपिहिमाल, अपिहिमाल गाउँपालिकाको सबैभन्दा ठूलो प्राकृतिक पहिचान हो। हिमाली भूगोल, हिउँले ढाकिएका शिखर र आसपासका पाटनले यस क्षेत्रलाई साहसिक तथा प्रकृतिमा आधारित पर्यटनका लागि आकर्षक बनाएका छन्। हिमालको दृश्यावलोकन, पदयात्रा र आधार शिविरसम्मको यात्रा पर्यटकका लागि विशेष अनुभव बन्न सक्छ। आवश्यक पदमार्ग, सुरक्षित आवास, दक्ष गाइड र उद्धार व्यवस्थापन गर्न सके अपि हिमाललाई महत्त्वपूर्ण हिमाली गन्तव्यका ...
: काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ९ देखि १६ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा ५५९ पुरुष, ७८ महिला र तीन जना अन्य गरी ६४० जना पक्राउ परेका हुन् । पक्राउ ...